जिल्लाको दुर्गम बस्तीका अधिकांश विद्यालयमा दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान्न कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको भर्नादर समेत बढ्दो रहेको छ ।
आइतबार मनाइने छठपर्वका लागि एक साता अघिदेखि नै तयारी सुरु भएको छ । देशैभरका विभिन्न नदिका किनार तथा छठ पर्व मनाइने स्थलमा सजावट गरिएको छ भने पर्व मनाउनका लागि आवश्यक सामाग्रीहरूको किनमेल गर्न थालेको पाइएको छ ।
नेपाली कांग्रेसको आगामी निर्वाचनको सङ्कल्पपत्र अहिले केहीबेरमा सार्वजनिक हुँदैछ ।
चितवनको माडीमा एक जनाको हत्या भएको छ । शुक्रवार राती करिब १ बजे चितवन माडी न.पा. ४ धुसेरी बस्ने वर्ष ३२ को जीवन नेपालीको हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जकी ५१ वर्षीया रुगैदा खातुन हुन् ।
खेतबारी बाँझै राखेर चामल किनेर खानेहरूको सङ्ख्या बढ्दो रहेको छ । तर कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका ५ निवासी मोहित कुमाल भने आफ्नो खेतबारी नभए पनि अरूकै बारीमा अधियाँ (कमाइको आधा-आधा) धान खेती गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।
पश्चिमी वायुका कारण देशका पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकमा व्यवस्था फेरिए पनि दोलखाको भीमेश्वर नगरपालिका–७ को पाठशाला टोलको दलित बस्तीमा परिवर्तन नआएको उनीहरूको गुनासो रहेको छ ।
सुकुम्बासी र अव्यवस्थित बसोबासीकाे समस्या समाधान गर्न भनेर जिल्ला तहमा गठित सुकुम्बासी समस्या समाधान आयोग गठन भएकाे २८ वर्ष बिते पनि उपलब्धि भने शून्य रहेको छ ।
पाँचथरको रानिटारमा आयोजित दोस्रो दीपावली गोल्ड कपको उपाधि रानीटार युनाइटेडले हात पारेको छ ।
चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १९ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ ।
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ।