काठमाडौँ, कात्तिक १२ गते । आइतबार मनाइने छठपर्वका लागि एक साता अघि देखि नै तयारी सुरु भएको छ । देशैभरका विभिन्न नदीका किनार तथा छठपर्व मनाइने स्थलमा सजावट गरिएको छ भने पर्व मनाउनका लागि आवश्यक सामग्रीहरूको किनमेल गर्न थालेको पाइएको छ ।
छठको तयारी : सुनसरीको इनरूवास्थित सुनसरी खोलामा शुक्रबार छठपर्वका लागि घाट सफा गरिँदै ।
सूर्यास्तमा देखिएको कोशी पुल: कोशी नदीको ब्यारेजमा साँझपख सूर्य अस्ताउँदै गर्दा देखिएको मनोरम दृश्य ।
सूर्यास्तः भक्तपुरको घ्याम्पेडाँडाबाट देखिएको सूर्यास्तको दृश्य ।
छठपर्वको तयारी : छठपर्वका लागि गुह्येश्वरी गौरीघाट क्षेत्रमा सरसफाइ गरी निर्माण गरिएको छठघाट ।
छठ किनमेल : छठका लागि शुक्रबार पूजा सामग्री किन्दै महिलाहरु ।
ग्राहक कुर्दै व्यापारी : मोरङको कटहरीस्थित साप्ताहिक हटियामा ग्राहाक कुर्दै ढाकी व्यापारी । छठपर्वमा बर्तालुले ढाकी, कोनियालगायत बाँसबाट बनेका सामग्री प्रयोग गर्ने प्रचलन छ ।
केराको व्यापार : छठपर्वलाई लक्षित गरी मोरङको उर्लाबारीस्थित मङ्गलबारेमा बिक्री गर्न व्यापारीले ल्याएका केराका घरीहरु ।
जलेश्वर बजारमा उखुको व्यापार : महोत्तरीको सदरमुकाम जलेश्वरमा किसानले बिक्री गर्न ल्याएको उखु । नजिकिँदै गरेको छठपर्वमा छठीमातालाई मिठाइ रोटी, विभिन्न मौसमी फलफूलसँगै उखु पनि चढाइन्छ । तस्बिरः रासस