गणेश खनाल
अर्घाखाँची, कात्तिक १२ गते । १५ वर्ष कैद सजाय भई फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं ६ बस्ने वर्ष २६ का शालिकराम थापालाई जिल्लाकै सितगंगा नगरपालिका वडा नम्बर ४ चक्लामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
अर्घाखाँची जिल्ला अदालतले गत २०७२ मङ्सिर २६ गते १५ वर्षको कैद सजाय फैसला गरेको मिसिलमा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयो । पछिल्लो समय फरार रहेका अभियुक्तहरू पक्राउ गर्न प्रहरी सफल भएको छ । पछिल्लो तीन महिनामा ६ जना फरार अभियुक्त प्रहरीले पक्राउ गरिसकेको प्रहरीको भनाइ छ ।