• १६ भदौ २०८१, आइतबार

सल बेरिँदा महिलाको हात चुँडियो

blog

सल बेरिएर हात चुँडिएका थापाको हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौं लगिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १२ गते । मोटरसाइकलमा सल बेरिँदा शनिबार तनहुँमा एक महिलाको बायाँ हात चुँडिएको छ । व्यास नगरपालिका –५ पतेती निवासी २९ वर्षीया रेणु थापाको हात चुँडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । 

चापाघाटबाट झापुटार जाँदैगरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार थापाको सल मोटरसाइकलको पाङ्ग्रामा बेरिएपछि लडेर कुहिनोभन्दा तलबाट चुँडिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार चालक र थापाको छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । ‘तत्काल उपचार गर्दा हात जोडिन सक्ने हुँदा हेलिकप्टरमार्फत शनिबार दिउँसो काठमाडौंमा उपचारका लागि लगिएको छ’ प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो । 

घाइते थापाको तत्काल दमौली अस्पतालमा उपचारका लागि ल्याइएको थियो । दमौली अस्पतालमा हात जोड्न सम्भव नभएकाले काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।