• १३ साउन २०८१, आइतबार

सप्तरी क्षेत्र नं. ३ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा

blog

देवरामप्रसाद यादव

सप्तरी, कात्तिक ८ गते । सप्तरीको क्षेत्र नं. ३ मा एमाले–जसपाका साझा उम्मेदवार ताराकान्त चौधरी र पाँच दलीय गठबन्धनका उम्मेदवार दिनेशकुमारयादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । चौधरी एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने यादव नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ । 

यस क्षेत्रबाट जनमत पार्टीका तर्फबाट पूर्वमन्त्री अनीश अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगाराम ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार साह, राप्रपा नेपालका शिवेश्वर यादव, नेमकिपाका मकवुल मियाँ, नेपाली जनता दलका रामबाबु रजक, नेपाल सङ्घीय समाजवादी पार्टीका सिताराम खंग, नेकपाका अचमितलाल चौधरी र हाम्रो नेपाल पार्टीका नवीनकुमार मण्डल उम्मेदवार हुनुहुन्छ ।

यस्तै स्वतन्त्रबाट सीताराम मण्डल, रामचन्द्र साह, सुरेन्द्र यादव, महेन्द्र साह, दीपेन्द्रकुमार साह र श्रीकान्त राउत समेत गरी १८ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र राजगढ गाउँपालिका गरी ५ पालिका पर्छन् । 

हालै सम्पन्न स्थानीयतह निर्वाचनमा एमालेले २, जसपा, लोसपा र एकीकृत समाजवादी पार्टीले १–१ प्रमुख पदमा जित हासिल गरेका थिए । यस क्षेत्रमा ५४ हजार ८ सय ३६ पुरुष, ५० हजार ५० महिला र अन्य ६ हजार गरी कुल १ लाख ४ हजार ८ सय ९२ मतदाता छन् ।