• १९ असोज २०८१, शनिबार

कामना सेवा फुटसल हुने

blog

फुटसल प्रतियोगिता आयोजनासम्बन्धी सम्झौता गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक ७ गते । कामना सेवा फुटसल कपको दोस्रो संस्करण कात्तिक २५ र २६ गते आयोजना हुने भएको छ । कामना सेवा विकास बैङ्कको आयोजना र खेलपाटीको व्यवस्थापनमा हुने फुटसल प्रतियोगितामा २० वटा बैङ्क तथा वित्तीय संस्थाको सहभागिता रहने छ ।

प्रतियोगिता आयोजनाका लागि आइतबार कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन बस्नेत र खेलपाटीका प्रमुख कार्यकारी अधिकृत हिमविक्रम केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कर्पोरेट क्षेत्रलाई खेलकुदमा आबद्ध गराउन प्रतियोगिता फलदायी हुने सिइओ बस्नेतले बताउनुभयो । प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फुटसल कमिटीले प्राविधिक सहयोग गर्नेछ ।