शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ७ गते । लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्याष्टिक (एमएजी–डब्लुएजी) कोर्समा सहभागी हुन सात सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको जाने भएको छ ।
चैत ९ देखि १३ गतेसम्म उडिसा हुने कोर्समा श्रीप्रसाद कोजु, श्रीकृष्ण खर्बुजा, नेप्पल कोजु, लुमिला मानन्धर, पिज्ज महर्जन, देवेश कोजु र सुनिल बुढाथोकीले भाग लिनुहुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल जिम्न्याष्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष राजकुमार कार्की, महासचिव मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।