दोलखाको बिगु गाउँपालिका–१ लामाबगर स्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एक हप्ताका लागि विद्युत् उत्पादन रोक्ने भएको छ ।
एक वर्षअघि मोटरसाइकलको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पास गर्नुभएका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर ‘म्यासेज’ आएपछि एक हप्ताअघि एकान्तकुना कार्यालयमा जानुभयो तर एकान्तकुना कार्यालयले भने लाइसेन्स आएको छैन भनेर फर्काइदियो ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
कैलालीमा धान थ्रेसिङ् गर्ने क्रममा थ्रेसरमा पटुकी फसेर एक महिलाको ज्यान गएको छ । आज बिहान खेतमा धान थ्रेसिङ्ग गर्ने क्रममा कैलारी गाउँपालिका– ३ भररीका ४५ वर्षकी बीना चौधरीको ज्यान गएको हो ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय उदयपुर तीव्र रूपमा आन्तरिक तयारीमा जुटेको छ । दुई लाख २८ हजार ८८६ मतदाता रहेको उदयपुरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र दुईवटा र प्रदेश सभा निर्वाचन क्षेत्र चारवटा छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ । सोमबार बिहान प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी गराएको हो ।
सर्लाहीका यातायात व्यवसायीले सङ्घीय राजधानी काठमाडौँबाट यात्रु ओसार्न फेरि दिनहुँ दोहोरो ‘ट्रिप’ गर्न थालेका छन् । साना सवारीलाई अहिले तिहार मनाउन काठ
देउसीको यो लोकभाका तिहार आएसँगै गुञ्जायमान हुन्छ । देउसीभैलोको सुरुवातबारे फरक–फरक श्रुति परम्परा छन् । भौगोलिक क्षेत्र, विभिन्न जाति, जनजातिअनुसार देउसीभैलो खेल्ने शैली पनि फरक–फरक छन् । यसले पनि जनाउँछ– देउसीभैलोमा विविधता छ । देउसीभैलो जहाँबाट सुरु भए पनि तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो, देउसी ।
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार घरघरमा भित्रिसकेको छ । तिहार देउसीभैलो, फूल बत्ती र सेल रोटीको पहिचानसँग जोडिएको छ । तिहारमा देउसी भैलो खेल्दा बाजाका रूपमा मादलको प्रयोग गरिन्थ्यो । तिहारलाई लक्षित गरी बनाइएका मादलको राम्रो व्यापार हुने गर्छ । तर, पछिल्ला वर्षहरूमा पर्व मनाउने शैलीमा पनि फेरबदल आएको छ । कावासोतीका मादल व्यवसायी रामप्रसाद नेपाली तिहारमा खेलिने देउसीभैलोमा आधुनिक बाजाहरूको प्रयोगसँगै मादलको प्रयोग हराउन थालेको बताउनुहुन्छ ।
दाङको लमही नगरपालिका–५, लमही निवासी केशवराज खनाल दशैँ, तिहारलगायत चाडपर्व मनाउन आफ्नो जन्मस्थान अर्घाखाँची जानुहुन्छ । उहाँ दाङ बसाइँ सरी आएको २० वर्ष भइसक्यो तर उहाँलाई जन्मठाउँ नपुगी पर्व आएजस्तै लाग्दैन । उहाँ भन्नुहुन्छ, “पहाडमा अहिले पनि पुराना संस्कृति जस्ताको तस्तै जीवित छन्, तराईमा आयातित संस्कृतिको प्रभाव रोक्न सकिएको छैन, सुविधा खोज्न तराई र चाडपर्व मनाउन पहाडमा जस्तै भएको छ ।”
कर्णाली नदीको उर्लिंदो बाढीले क्षतिग्रस्त बनाएको जितेबजार जोड्ने झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान पुगेको पाइएको छैन । असोज १९ गतेको वर्षाले कर्णाली नदीको जलसतह बढेपछि पुल बगाएको भए पनि सो पुल बनाउनेतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ । वर्षापछि कर्णालीमा आ
नेताले समृद्धिका नारा लगाए पनि बैतडीका आठवटा खानी अलपत्र परेका छन् । रोजगारी खोज्न युवा विदेशिनुपर्ने पीडा कायमै छ । बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा रहेको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुस्टि भए पनि सडक र बिजुली नहुँदा फलाम खानी उत्खनन हुन सकेको छैन ।
नेपालको इतिहासमा चलनचल्तीको रूपमा देखिएको शक संवत्, मानदेव संवत्मध्ये नेपाल संवत् सबैभन्दा बढी चलेको संवत् नै देखिन्छ । यो संवत् विदेशबाट आयातित संवत् होइन । नेपाल देशको नामबाट प्रचलनमा आएको यो संवत् मौलिक संवत् हो ।
कात्तिक ५ गतेसम्म देशको राजस्व आम्दानी दुई खर्ब ३९ अर्ब रुपियाँ रहेको छ । यो चालू आर्थिक वर्षको तीन महिनामा पाँच दिनको आय हो । यो अवधिमा देशको खर्च भने दुई खर्ब ९२ रुपियाँ भएको छ । यो आर्थिक वर्षमा कुल १७ खर्ब ९३ अर्ब रुपियाँको बजेट विनियोजन गरिएको हो । तीन महिनामा खर्च भएकोमध्ये पनि पाँच प्रतिशत मात्र विकास निर्माणमा गएको छ र बाँकी सबै साधारण बजेट खर्च भएको छ । साधारण खर्च भनेको तलबभत्ता, कार्यालय सञ्चालन हो ।
‘सुखमयपारी सब संसार-आयो रसिलो चाड तिहार’ – कविशिरोमणि लेखनाथ पौडेलका उद्गार हुन् यी । दशैँको तामसी र राजसी प्रकृतिको रमझम आफन्तजन, परिवारिक मिलनको आनन्द र रमाइलोपछिको उल्लासमय उज्यालो पर्व हो तिहार । साìिवक भाव मिठाई, खानेमसला, फलफूलको महक र सौन्दर्य लिएर आउने गर्छ ।