• १३ साउन २०८१, आइतबार

थ्रेसरमा पटुकी फसेर महिलाको मृत्यु

blog

धनगढी, कात्तिक ७ गते । कैलालीमा धान थ्रेसिङ् गर्ने क्रममा थ्रेसरमा पटुकी फसेर एक महिलाको ज्यान गएको छ । आज बिहान खेतमा धान थ्रेसिङ् गर्ने क्रममा कैलारी गाउँपालिका– ३ भररीका ४५ वर्षकी बीना चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खेतमा धान थ्रेसिङ् गर्ने क्रममा चौधरीले टाउकोमा बेरेको पटुकी थ्रेसरमा फसेको थियो । उहाँको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

Author

अविनाश चौधरी