• १३ साउन २०८१, आइतबार

तामाकोसीकाे विद्युत् उत्पादन एक हप्ता बन्द

blog

दोलखा, कात्तिक ७ गते । दोलखाको बिगु गाउँपालिका–१ लामाबगर स्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एक हप्ताका लागि विद्युत् उत्पादन रोक्ने भएको छ ।

केन्द्रले अनुगमन तथा निरीक्षण गर्न लागेकाले सोमबार राती १ बजेदेखि १५ गतेसम्म एक हप्ता  विद्युत् उत्पादन रोकिने आयोजनाका प्रशासन प्रमुख मित्रमणि पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजनाका बाँध, बालुवा थिग्र्याउने पोखरी र मुख्य सुरुङको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट उत्पादन हुने बिजुली उत्पादन बन्द गर्न लागिएको हो । यस अवधिमा जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा करिब ११-१२ घण्टा नदीको बहाव बढ्न जाने भएकोले तामाकोसी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको पनि प्रशासन प्रमुख पोखरेलले जानकारी दिनुभयो । 

Author

बाबुराम शर्मा