बर्खेबाली भित्र्याउने समयमा निर्वाचन परेकाले मतदाताहरु खेतबारेमा व्यस्त भएकाबेला उम्मेदवारहरु भोट माग्न खेतबारीमै पुग्नुभएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताउनुभएको छ ।
समानुपातिकतर्फ नौ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा रहेको आयोगले जनाएको छ ।
बंगलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–१२ मा विजयी सुरुवात गरेको छ । अष्ट्रेलियाको होबार्ट क्रिकेट मैदानमा सोमबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्समाथि नौ रनको रोमाञ्चक जित निकालेको हो ।
काठमाडौं, कात्तिक ७ गते । केकी अधिकारी अभिनित नेपाली फिल्म ‘सिल्ली फो’ युट्युबमा सार्वजनिक गरिएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकीसँगै रविन्द्र झा, धिरेन शाक्य, दिनेश रेग्मी, अनिता लामिछाने र दीपक थापालगायतको अभिनय रहेको छ । हलमा प्रदर्शनमा आएपछि दर्शकको साथ खासै नपाएको फिल्मलाई निर्माण टिमले तीन महिनामै युट्युबमा सार्वजनिक गरेको हो । मनोज डीके निर्माता रहेको चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायाङ्कन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्वबैंकले जानकारी दिएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । श्रममन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच चुनावी भिडन्त हुन गइरहेको हो ।
दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताउनुभएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा जुटेका छन् । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का उम्मेदवारमा केन्द्रित देखिएको छ ।
इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गर्नुभएको छ । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गर्नुभएको हो ।
बालबालिकालाई जनस्वास्थ्य, वातावरण र डवली पुनरुत्थानसम्बन्धी व्यवहारिक दिन बसन्तपुरको दशअवतार डवलीमा खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
धनुषा र सिरहालाई जोड्ने निर्वाचन क्षेत्र नं .१ मा पर्ने निर्माणपश्चात् भत्किएको कमला पुल ।
तनहुँको एक विद्यालयले लोपोन्मुख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई अघि बढाएको छ ।
चाडपर्वको समयमा महोत्तरीमा सवारी दुर्घटनामा वृद्धि भएको छ । दसैँमा जिल्लाका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ ।