• १२ असोज २०८१, शनिबार

डबली पुनरुत्थानका लागि दशअवतार डबलीमा खुल्ला चित्रकला

blog

जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) ले काठमाडौं महानगरपालिकाको डबली पुनरुत्थान कार्यक्रम कार्यक्रमसँगको सहकार्य, युएसएआइडी नेपाल, एफएचआई ३६० सँगको साझेदारीमा आयोजना गरेको प्रतियोगिता । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, कात्तिक ७ गते । बालबालिकालाई जनस्वास्थ्य, वातावरण र डबली पुनरुत्थानसम्बन्धी व्यवहारिक दिन वसन्तपुरको दशअवतार डबलीमा खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) ले काठमाडौं महानगरपालिकाको डबली पुनरुत्थान कार्यक्रम कार्यक्रमसँगको सहकार्य, युएसएआइडी नेपाल, एफएचआई ३६० सँगको साझेदारीमा आयोजना गरेको प्रतियोगितामा विभिन्न उमेर समूहका ६१ जना बालबालिकाले भाग लिएका थिए ।

प्रतियोगिताका लागि ६ देखि १२ वर्ष, १३ देखि १७ वर्ष र १८ वर्षमाथि गरेर ३ समूह बनाइएको थियो । प्रतियोगितामा हरेक उमेर समूहबाट पहिलो, दोस्रो र तेस्रो हुने बालबालिकालाई महानगरकी उपप्रमुख सुनिता डंगोलले ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

डबलीमा कुर्सीको सट्टा गुन्द्री र सुकुल राखेर अतिथिहरूलाई भुईँमा पलेँटी कसेर बस्न लगाएर कार्यक्रम सञ्चालन गरिएको थियो । चित्रकलाका लागि बालबालिकालाई जनस्वास्थ्य र वातावरण शीर्षक दिइएको थियो ।


प्रतियोगिता समापन अवसरमा उपप्रमुख डंगोलले, प्रतियोगिता डबलीमा सञ्चालन हुनुले डबली पुनरुत्थान कार्यक्रमलाई सघाउ पुर्‍याएको धारणा राख्नुभयो । बालबालिकालाई संस्कृति सम्बन्धी व्यवहारिक ज्ञान दिन सकियो भने यसको पुस्तान्तरणमा बलियो योगदान हुन सक्छ ।

उहाँले भन्नुभयो, ‘‘डबली संस्कार, संस्कृति र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएकोले यसलाई बचाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।’’

महानगरको सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानकारअनुसार प्रतियोगितामा सामुदायिक, संस्थागत र खुल्ला रूपमा आएका विद्यार्थीहरूले आफ्ना भावना चित्र र शब्दमार्फत व्यक्त गर्नुभएको थियो ।

हामीले डबलीको पुनरुत्थानमा सहयोग पुगोस् भनेर यहाँ बालबालिका भेला गराएर प्रतियोगिता गरेका हौँ । यो थाइल्याण्डमा आयोजना हुने प्रिन्स माहिडोल अवार्डका लागि हो । यस प्रतियोगितामा सहभागी हुन नसकेका कोही बालबालिकाले घरमै बसेर चित्र बनाएर प्रतियोगितामा आफ्नो सिर्जना पठाउन सक्नुहुनेछ ।