• १९ असोज २०८१, शनिबार

समानुपातिक निर्वाचन प्रणालीतर्फ नौ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी

blog

निर्वाचन आयोगमा राखिएको मतपत्र । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक ७ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न गरेको छ ।

यसैगरी, प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि कूल एक करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।

समानुपातिकतर्फ नौ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि एक करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । त्यस्तै, प्रदेशसभातर्फ एक करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको आयोगले जनाएको छ । प्रतिनिधि सभातर्फ पाँच लाख ५८ हजार मतपत्र र प्रदेश सभातर्फ पाँच लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ ।