• ३० भदौ २०८२, सोमबार

रूपन्देही ३ मा उपनिर्वाचनका बाँकी कार्यक्रम रद्द

blog

काठमाडौँ, भदौ ३० गते । निर्वाचन आयोगले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको छ।

आयोगले यसअघि मिति २०८२ असोज १७ गते सोमबार उपनिर्वाचन गर्ने तय गरेको थियो। तर, राष्ट्रपति कार्यालयबाट मिति २०८२ भदौ २७ गते सार्वजनिक गरिएको विज्ञप्ति अनुसार प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति तोकिएपछि आयोगले बाँकी कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको हो।

आयोगले सोमबार बसेको बैठकले सो निर्णय गरेको जानकारी दिएको छ। सो क्षेत्रबाट २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहोराको निधन भएपछि उपनिर्वाचनको प्रक्रिया अघि बढाइएको थियो।