• १३ साउन २०८१, आइतबार

चाडबाडमा सवारी दुर्घटनामा वृद्धि

blog

एउटै मोटरसाइकलमा ६ जना सवार हुँदा प्रहरीले कारबाही गर्दै । तस्बिर: रवीन्द्र उप्रेती

१२ जनाको मृत्यु, तीन सय बढी सवारीलाई कारबाही

बर्दिबास, कात्तिक ७ गते । चाडपर्वको समयमा महोत्तरीमा सवारी दुर्घटनामा वृद्धि भएको छ । दशैंमा जिल्लाका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । 

यमपञ्चक सुरु हुने बेलातिर कात्तिकमा थप २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।  बर्दिबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार दशैंताका जिल्लाभर ७७ दुर्घटना भएका थिए । यसमध्ये ग्रामीण भेगका भित्री सडकमा भएका दुर्घटनामा मानिसको मृत्यु भएको हो ।  दुर्घटनामा परि १२७ जना घाइते भएका छन् । 

यो पनि पढ्नुहोस

कुकुर आज्ञापालक एवं रक्षक

तामाकोसीकाे विद्युत् उत्पादन एक हप्ता बन्द

सोनमा, पिपरा, मनरासिसवा, लोहरपट्टी, रामगोपालपुर, गौशालालगायतका ग्रामीण सडकमा बढी दुर्घटना हुने गरेको छ । बर्दिबासस्थित जिल्ला ट्राफिक प्रमुख उदयसिंह सिंजापतिका अनुसार ट्राफिक नियमको उल्लङ्घन गर्ने, हेलमेट नलगाउने, मादक पदार्थ सेवन गर्ने र तीव्र गति लगायत लापरबाहीका कारण दुर्घटना भएको हो । ट्राफिक प्रहरीको पहुँच र निगरानी नपुगेका ग्रामीण भेगका सडकमा दुर्घटना बढेको सिजापतिले बताउनुभयो । 

यसबिच चाडबाडलक्षित विशेष सुरक्षा योजना अन्तर्गत असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ३८५ सवारीमाथि कारबाही गरिएको छ । कारबाही पर्नेमा सबैभन्दा बढी एक हजार पाँच सय ट्याक्टर छन् । त्यस्तै कारबाहीको दायरामा पर्नेमा ८३५ ट्रक, ७१५ जीप कार, १२० मोटरसाइकल, ११४ बस, ६६ मोटरसाइकल र ६६ टेम्पो छन् । यी सवारीबाट २४ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । 

यो पनि पढ्नुहोस

देउसीमा मादल प्रयोग कम

चाडपर्व त पहाडमै रमाइलो

Author

रवीन्द्र उप्रेती