नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्नुभएको छ । वीरेन्द्रनगरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलाको उद्घाटन तथा सम्बोधन गर्न उहाँ सुर्खेत आइपुग्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारका बेला कौडा, जुवा तास नखेल्न अनुरोध गरेको छ। तिहार, छठ तथा नेपाल सम्वत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका खेल कौडा तथा तास नखेल्न अनुरोध गरेको हो।
पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९ जना पीसीआर र दुई जनाको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
कृषि ज्ञान केन्द्र बाजुराको अनुदान र त्रिवेणी नगरपालिकाको समन्वयमा त्रिवेणी नगरपालिकाका आलु खेती गर्ने कृषकका लागि हिउँदे आलुको बीउ वितरण गरेको छ ।
अविनाश चौधरीधनगढी, कात्तिक ६ गते । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले संविधान र उपलब्धि रक्षाका लागि मुलुकमा पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै उहाँहरूले संविधान कुल्चने, गणतन्त्रलाई उल्ट्याउने चेष्टा भएपछि प्रतिगमनको विरुद्ध अग्रमणको गठबन्धन भएको उल्लेख गर्नुभयो। गठबन्धनको मूल उद्देश्य जनताको सङ्घर्षबाट प्राप्त संविधानको रक्षा गर्नु रहेको उहाँहरूको भनाइ थियो। मुलुकमा जबजब सङ्कटको बादल मडारिएको छ, त्यो बेला कांग्रेस र वामपन्थी शक्ति मिलेर त्यसविरुद्ध लड्दा ठूलठूला परिवर्तन भएको नेताहरूले उल्लेख गर्नुभयो। भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक सङ्घीय प्रणालीलाई बचाउनका लागि गठबन्धनको आवश्यकता परेको बताउनुभयो। सङ्घीयता बचाउन र विकासका लागि गठबन्धनको जित हुन आवश्यक रहेको उहाँको भनाइ थियो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एउटा विशिष्ट परिस्थितिमा गठबन्धन बनेको उल्लेख गर्नुहुँदै गठबन्धन दलको भाषा, स्पिरिट एउटै रहेको बताउनुभयो। उहाँले गठबन्धन पराजित भएमा मुलुक फेरि दुर्घटनातिर जाने खतरा रहेको उल्लेख गर्नुभयो। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रगमन पक्षधर दलबीचको एकता र गठबन्धन स्वाभाविक रहेको उल्लेख गर्नुहुँदै गठबन्धनको उद्देश्य पवित्र रहेको बताउनुभयो। ‘जनतालाई विकास र सुशासनको प्रत्याभूति गराउन गठबन्धन गरेका हौँ’, उहाँले भन्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहनु भएका गठबन्धनका संयोजक रामचन्द्र पौडेलले गठबन्धन दलको यो अभियान लोकतन्त्र रक्षाको महा अभियान रहेको बताउनुभयो। यसैगरी, जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध लडाइँका लागि पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा आयरल्यान्डमाथि श्रीलङ्काले सहज जित निकालेको छ । होबार्ट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको श्रील्ंकाले आयरल्यान्डलाई नौ विकेटले हरायो ।
गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी सङ्गठनका लागि आवश्यक तालिम दिई प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियौ बनाउँदै लगेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले सेभियालाई ३–१ गोलले हरायो ।
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीले ब्राइटनलाई ३–१ गोलले हरायो ।
नाबालिका बलात्कार आरोपमा प्रहरी हिरासतमा रहनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘नालापानी’ हेरेपछि अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मालगायतले भिन्नभिन्न प्रतिक्रिया दिनुभएको छ ।
प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो। दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देखिनुभएको छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोसाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा प्रस्तुत हुनुभएको छ।
आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १७ वर्ष बित्दा पनि अझै अधुरै रहेको छ । आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा बजेट र समय अवधि पनि थप हुँदै गएको छ ।