• १५ असोज २०८१, मङ्गलबार

बलियो बन्दै रियल म्याड्रिड

blog

सेभियाविरुद्ध जित निकालेपछि रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक ६ गते । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियौ बनाउँदै लगेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले सेभियालाई ३–१ गोलले हरायो ।

जितसँगै रियलले शीर्षस्थानमा ६ अङ्कको अग्रता लिएको छ । रियलको ११ खेलबाट ३१ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको १० खेलबाट २५ अङ्क छ । रियलको जितमा लुका मोड्रिच, लुकास र फेडेरिको भाल्भर्डेले गोल गर्नुभयो । सेभियाका इरिक लामेलाले सान्त्वना गोल गर्नुभयो ।

मोड्रिचले पाँचौं मिनेटमा खाता खोल्नुभएको थियो । लुकासले ७९औं र फेडेरिकोले ८१औं मिनेटमा गोल गर्नुभयो । लामेलाले ५४औं मिनेटमा गोल गर्नुभएको थियो । रियलसँगको हारसँगै १० अङ्क बनाएको सेभिया १४औं स्थानमा छ ।

शनिबार राति नै भएको अन्य खेलमा रियल भालाडोलिडले रियल सोसियडाडलाई १–०, रायो भालेकानोले काडिजलाई ५–१ र मालोर्काले भ्यालेन्सियालाई २–१ गोलले हरायो । एजेन्सी