• २ असार २०८१, आइतबार

तास र कौडा खेल्न प्रशासनको प्रतिबन्ध

blog

रेखीराम राना

पाल्पा, कात्तिक ६ गते। जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारका बेला कौडा, जुवा तास नखेल्न अनुरोध गरेको छ। तिहार, छठ तथा नेपाल संवत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका खेल कौडा तथा तास नखेल्न अनुरोध गरेको हो। 

आइतबार प्रशासनले सूचना प्रकाशन गर्दै यस्ता गतिविधि भए कानुन अनुसार कारबाही गरिने जनाएको छ। यस्तै आतसबाजी, पटका जस्ता विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोग नगर्न प्रशासनको आग्रह छ। 

प्रशासनले तिहारका बेला राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ। राति ९ बजेपछि देउसीभैलो खेल्न र देउसीभैलो खेल्दा घरबेटीको स्वीकृति लिन साथै निर्वाचन आचारसंहितालाई समेत पालना गर्न प्रशासनले आग्रह गरेको छ। 

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बजारमा देखिएका प्लास्टिकका माला समेत प्रयोग नगर्न आह्वान गर्नुभएको छ।