• १५ असोज २०८१, मङ्गलबार

२४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि

blog

काठमाडौं, कात्तिक ६ गते । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३९ जना पीसीआर र दुई जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  २४ घण्टामा १२ सय ५० जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ५९ जना डिस्चार्ज भएका छन्  । यो अवधिमा आठ सय ४० जनाले खोप लगाएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६९६ रहेको छ ।