• १५ असोज २०८१, मङ्गलबार

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमिति

blog

फाइल तस्बिर ।

काठमाडौं, कात्तिक ६ गते । नाबालिका बलात्कार आरोपमा प्रहरी हिरासतमा रहनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

अदालतले आइतबार सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई दिन अनुमतिका लागि समय थपेको हो ।

यसअघि पनि अनुसन्धानका लागि अदालतले पहिलो पटक असोज २४ गते २० गतेबाट गणना हुनेगरी सात दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पाँच दिन र कात्तिक २ गते तेस्रो पटक चार दिन म्याद थप गर अनुसन्धानका लागि समय दिएको थियो ।

सन्दीपलाई प्रहरीले असोज २० गते पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिरहेको छ । सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताउनुभयो ।

प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । तर प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त छ । तिहारको बिदाका कारण हामीले सोचेजस्तो अभियोग पत्र आउने अवस्था छैन,’ घिमिरेले भन्नुभयो ।

हाँले सन्दीपको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी पनि दिनुभयो । सन्दीपमाथि बलात्कारको आरोपमा भदौ २१ गते प्रहरीमा उजुरी परेको थियो ।