शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १८ गते । विश्व किक बक्सिङ महासङ्घका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आउनुभएको छ ।
राष्ट्रिय किक बक्सिङ सङ्घ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आउनुभएको हो ।
नासिरलाई सङ्घका संस्थापक मध्येका एक दीपक श्रेष्ठ, सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक, निर्णायकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
बुधबारै सुरु भएको कोर्समा सात प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ) का प्रशिक्षक खेलाडी र निर्णायक गरी करिब दुई सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।
शनिबारसम्म चल्ने कोर्सको औपचारिक उद्घाटन बिहीबार हुनेछ । सेमिनार भने कालीमाटीस्थित कालिमाटी बैक्वेटमा हुनेछ ।