• १८ चैत २०८२, बुधबार

यु–२० साफ : नेपाल सेमिफाइनलबाट बाहिरियो

blog

नेपाली टोली । फाइल तस्बिर

काठमाडौँ, चैत १८ गते । नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।

मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भयो । 

यसअघि नेपालले  समूह ‘ए’ बाट सेमिफाइनल यात्रा तय गरेको थियो । नेपालको समूह भुटान, आयोजक माल्दिभ्स र श्रीलङ्का थिए ।