शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव ।
इनरुवा, चैत १९ गते ।सुनसरीको इनरुवामा हनुमान जयन्तीको अवसरमा कलश यात्रा निकालिएको छ ।
सुनसरी बजरंग दलको आयोजनामा रामभक्त श्री हनुमान जयन्तीको पवित्र अवसरमा सदरमुकाम इनरुवामा सयौँको संस्थामा सहभागी भएर कलश यात्रा निकालिएको हो ।
बिहीबार हनुमान जयन्तीको अवसरमा एक आपसमा शुभकामना साटासाट सहित कलश यात्रा निकालिएको आयोजक समितिका सत्यनारायण यादवले जानकारी दिनुभयो ।
भगवान श्री हनुमानजीको असीम कृपा, शक्ति, साहस र भक्तिको चर्चा गर्दै भव्य शोभा कलश यात्रा तथा विशाल मोटरसाइकल र्याली निकालिएको हो ।
बिहीबार इनरुवा नगरपालिका ४ को सुनसरी पुल नजिकबाट निकालिएको कलश यात्रा नगर परिक्रमा गरी श्री गणिनाथ मन्दिरमा कलश विसर्जन गरेको छ ।
कलश यात्राको माध्यमबाट सनातन धर्म, संस्कार र एकताको सन्देश फैलाइएको सहभागी लक्ष्मी साहले जानकारी दिनुभयो ।