• १९ चैत २०८२, बिहिबार

सप्तरीमा प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

blog

बरामद गरिएको प्रतिबन्धित औषधी । तस्बिरः जिल्ला प्रहरी कार्यालय, सप्तरी

धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १९ गते ।
सप्तरी प्रहरीले प्रतिबन्धित औषधीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति विष्णुपुर गाउँपालिका–७ बस्ने २४ वर्षीय संजयकुमार साह हुनुहुन्छ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, प्रहरी चौकी झुट्कीबाट खटिएको गस्ती टोलीले राजगढ गाउँपालिका–२, कमलपुर क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गरेको थियो।

जाँचको क्रममा साहले चलाएको प्र.२–०१००१ प ६००६ नम्बरको मोटरसाइकलबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी बरामद गरिएको छ।

प्रहरीले इटोट्रिट (९०) – २४० थान, इटोट्रिट (पी) – ८० थान, इटोट्रिट (६०) – १२० थान, रेस्पिथिक – १० थान र बेप्लिक्स फोर्ट प्रतिबन्धित औषधी बरामद गरेको जनाएको छ ।

साथै, उहाँको साथबाट एक थान आइफोन र एक थान अन्य मोबाइल समेत बरामद गरिएको छ।

बरामद औषधी र मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीका लागि औषधी व्यवस्थापन विभाग, विराटनगर पठाइएको प्रनाउ पुरीले जानकारी दिनुभयो।