• १८ चैत २०८२, बुधबार

प्रधानमन्त्रीसँग मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदको छलफल

blog

प्रधानमन्त्री बालेन्द्र शाह सँगको छलफलमा सहभागी मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ ।  बुधबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएको हो । 


सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यसँग छलफल गर्नुभएको थियो ।