• १५ असोज २०८१, मङ्गलबार

टी–२० विश्वकप

आयरल्यान्डमाथि श्रीलङ्काको जित

blog

आयरल्यान्डविरुद्ध अविजित ६८ रन बनाउनुभएका कुशल मेन्डिस जितपछि मैदान बाहिर निस्कने क्रममा । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक ६ गते । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा आयरल्यान्डमाथि श्रीलङ्काले सहज जित निकालेको छ । होबार्ट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले आयरल्यान्डलाई नौ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २८ रन बनाएको थियो । एक सय २९ रनको विजय लक्ष्य पछ्याएको श्रीलङ्का १५ ओभरमा एक विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।

श्रीलङ्कालाई जिताउन कुशल मेन्डिसले अविजित ६८ रन बनाउनुभयो । धनञ्जय डी सिल्भा र चरिथा आसलंकाले समान ३१/३१ रन बनाउनुभयो । बलिङमा आयरल्यान्डका गारेथ डेलानीले एक विकेट लिनुभयो । 

यसअघि आयरल्यान्डका लागि हेरी टेक्टोरले सर्वाधिक ४५ रन बनाउनुभयो । पउल स्टर्लिङले ३४, जर्ज डिकरेलले १४ र लोर्कान टुकेरले १० रन बनाउनुभयो । बलिङमा श्रीलङ्काका महेश तिक्षणा र वानिन्दु हसरंगाले दुई दुई विकेट लिनुभयो ।

विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनञ्जय डी सिल्भाले एक एक विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको श्रीलङ्काले दोस्रो स्थानमा छ । पराजित आयरल्यान्ड पाँचौँ स्थानमा छ । शीर्षस्थानमा न्युजिल्यान्ड छ ।

समूह ‘ए’ मा श्रीलङ्का, आयरल्यान्ड, न्युजिल्यान्डसँगै आयोजक अष्ट्रेलिया, इङ्ल्यान्ड र अफगानिस्तान छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बङ्गलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । अहिले अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । एजेन्सी