• १५ असोज २०८१, मङ्गलबार

सिटीको सहज जित

blog

ब्राइटविरुद्ध गोल गरेपछि म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक ६ गते । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीले ब्राइटनलाई ३–१ गोलले हरायो ।

सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा केभिन डे ब्रुयनले गोल गर्नुभयो । ब्राइटनका लियन्द्रो त्रोसादले गोल गर्नुभयो । हालान्डले २२औं र ४३औं मिनेटमा गोल गर्नुभयो । ब्रेयनले ७५औं मिनेटमा गोल गर्नुभएको थियो । ब्राइटनका लियन्द्रोले ५३औं मिनेटमा गोल गर्नुभएको थियो ।

जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ११ खेलबाट २६ अङ्क बनाएको छ । पराजित ब्राइटन १५ अङ्कसहित आठौं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको २७ अङ्क छ । आर्सनलले एक खेल कम खेलेको छ । 

अन्य खेलमा नटिङघम सिटीले लिभरपुललाई १–० र एभर्टनले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी