ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङको संयुक्त आयोजनामा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो ।
काठमाडौं, असार २६ गते। तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ। आषाढ शुक्ल एकादशीका दिन दलबाट घर-घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ। आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका प्रा. डा. चन्द्रराज सापकोटा वैज्ञानिक र औषधीय गुणलेयुक्त भएकैले हाम्रा पिता पुर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताउनुहुन्छ। औषधीय गुणले युक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला २०५५ सालमा चिया उत्पादन गरेको उहाँले सुनाउनुभयो। “तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्था बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारी तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा कोरोना ठीक भएको छ”, प्रा डा सापकोटाले भन्नुभयो। हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित छन्। अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उहाँ बताउनुहुन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। कोहीले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। कसैले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ। चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमासमेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ। रासस
ललितपुरको गोदावरी-१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पुर्याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ।
काठमाडौं, असार २६ गते । चलचित्र 'ह्यारी की प्यारी' को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत ‘ह्यारी की प्यारी’ कात्तिक २५ मा प्रदर्शनमा आउने निर्माण टिमले जनाएकाे हाे ।निर्माण टिमले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा जितु र साम्राज्ञीलाई देख्न सकिन्छ । कपिल रिजालको निर्देशनमा बन्ने फिल्ममा जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय छ ।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले हरिशयनी एकादशीको अवसरमा आइतबार राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको विरूवा रोप्नुभयो।
नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्नु हुनेभएको छ । रितले न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबबाट ब्यवसायिक क्रिकेट खेल्ने पक्का भएको हो ।
कर्जन्हा नगरपालिकाले तीनवटा कृषक समूहलाई हाते ट्याक्टर र घाँस कटर वितरण गरेको छ। कृषकलाई धान उत्पादन र पशुपालनतर्फ आकर्षित गर्न वितरण गरिएको हो।
जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलमा राम्रो नतिजा ल्याउने नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले दावी गर्नुभएको छ । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा ब्यस्त छ ।
इस्लाम धर्मावालम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजाह (बकराइद) बाँकेमा धूधामका साथ आइतबार मनाइएको छ। तीन दिनसम्म मनाइने यो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ।
चितवनको भरतपुरमा आफँैले काम गर्दै आएको बसले किच्दा एक सहचालकको मृत्यु भएको छ ।
विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६, ६–२, ६–२ को जित निकाल्नुभयो ।
काठमाडौ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्करुपमा उपलब्ध गराउने भनिएको इन्डक्सन चुलो वितरण कार्यक्रम अवरुद्ध भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।
बुटवल उपमहानगरपालिका ३ गोलपार्कमा रहेको पाल्पाली होटलमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला परेकी छिन । शनिवार राती करिब साढे १० बजे एक युवकको साथमा होटलमा गएकी बुटवल ११ की २१ वर्षीया समिक्षा गुरुङ होटलमा पुगेको डेढ घण्टामै राती १२ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।