फिरन्ते मान्छे प्रतीक हाम्रो कागको तिहार सञ्चारकर्मी हुनाले पायो मान्छेको पियार । सुरक्षाकर्मी मान्छेको थियो सिकारी कुकुर जीवन धान्थे सिकार खेली मृग र ढुकुर ।
झापामा विषादीयुक्त माछाहरू भित्रिनबाट रोक्न स्थानीय सरकार तथा प्रशासन लागेपछि स्थानीय व्यापारी उपभोक्ताहरुले समर्थन गरेका छन् । जिल्लाको प्रमुख बजार बिर्तामोडका व्यापारी तथा माछा पालक किसानहरूले स्थानीय उत्पादनले राम्रो बजार पाएको भन्दै यो कार्यको स्वागत गर्दै स्थानीय माछा विक्री सुरु गरेका हुन् ।
जलधर सब हट्दै नीलिमा भो अकास । हिम शिखर खुलेका दिव्य छर्दै प्रकाश ।। धवलित नद झर्ना, वृक्षमा छन् बहार । अवनितल सिँगारी झुल्दछन् पुष्पहार ।।
प्रतिभापुञ्ज महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयका प्रज्वल आलोक हुनुहुन्छ, विश्वकै एउटा महान् प्रतिभा हुनुहुन्छ । आफ्नो सम्पूर्ण जीवन उहाँले नेपाल र नेपालीको सेवा तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गर्नुभयो । साथै शान्ति, एकता र विश्वबन्धुत्वको भावना विश्वभरि फैलाउन प्रयत्नशील रहनुभयो ।
सामान्यतया नेपालमा असारदेखि नै पानी पर्न सुरु हुन्छ । झरीका कारण मानिस कतै जान सक्दैनन् । खोलामा बाढी आएको हुन्छ । ठाउँ–ठाउँमा पहिरो गएको हुन्छ । बाटो चिप्लो र हिलाम्मे हुन्छ । खेतीपातीको चटारो पनि हुन्छ । जब वर्षा सकिन्छ, तब मानिसमा उत्साह भरिन थाल्छ । खेतमा धान पहेँलै भएर पाक्न थाल्छन् । आँगनमा सयपत्री, मखमली, गोदावरी फुल्न थाल्छन् । दशैँ, तिहारको आगमनसँगै हाट बजारमा चहलपहल सुरु हुन्छ । मानिसमा हर्ष र खुसीको सञ्चार हुन्छ । समूहमा भेला भएर भाका हालेर मारुनीका गीत गुनगुनाउँदै नाच्न थाल्छन् ः वारि तुँवालो कमै पारि तुँवालो
तिहार उतिबेलाको, सम्झना यतिबेलाको । नोस्टाल्जिया भनिने पूर्वस्मृतिको सम्मोहनले कहाँ कहाँ पु-याउँदै छ यो पङ्क्तिकारलाई । जीवनको लामो कालखण्ड बितिसक्दा पनि बाल्यकालमा देखे–भोगेको त्यो रमझम पर्व झन्झन् ताजा झन्झन् नयाँ बनेर बेलाबखत सम्झनामा आइरहन्छ । चङ्गा बनाएर कता कता कावा खाँदै उडाइरहन्छ मनलाई ।
पञ्चक तीन किसिमका हुन्छन् । नक्षत्रपञ्चक, भीष्मपञ्चक र यमपञ्चक । नक्षत्रपञ्चक र भीष्मपञ्चकको सन्दर्भ अहिले परेन । यमपञ्चक कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । यमपञ्चक सुरु हुनु अघिल्लो दिन गाईबस्तुलाई ख्वाउन धान, मकै, गहुँ, जौ आदि अन्न मिसाएर पिँडो भुट्ने चलन पनि कतै कतै छ । भुटेको यो पिँडो गाईपूजा गर्दा ख्वाइन्छ ।
असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोबाट विस्थापितलाई राहत सामाग्री वितरण गरिएको छ ।
तिहार सुरु हुँदै छ । यसको चहलपहल बजारमा ह्वात्तै बढेको छ । चाडपर्वहरू मिठो खाने, राम्रो लाउने र पारिवारिक मिलनको अवसर हो । अनि किन नबढोस् त बजारमा चहलपहल तर चाडपर्वमा उपभोग्य अधिकांश वस्तु र सामान भने आयातमै निर्भर छ; जसका कारण तिहारको बेला पनि ठूलो स्वदेशी पुँजी बाहिरिँदै आएको छ ।
चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ ।
केही दिनअघि भौतिक जीवनबाट विश्राम लिनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले हरेक पटक भेट भएको समयमा संस्कृति संरक्षणमा सञ्चार क्षेत्रको ठूलो भूमिका हुने बताउँदै हाम्रोजस्तो विविधता भएको देशमा स्थानीय रेडियोले संस्कृति संरक्षणमा महìवपूर्ण भूमिका खेल्नुपर्ने बताउनुहुन्थ्यो। नेपाल सांस्कृतिक रूपले धनी देश हो र सां
तिहार नेपाली समाजमा ठूला पर्वमध्येमा पर्छ। तिहारको सांस्कृतिक, पारिवारिक एवं सामाजिक महत्व छ। वर्षको एक पटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी भाइटीका लगाइदिने चलन भएकोले सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने किंवदन्तीअनुसार मृत्युदेव यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आफ्नी दिदी यमुनाको घरमा गएको र दिदी यमुनाले आफ्नो भाइ आएको खुसीयालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता रहेको छ । यसरी हेर्दा तिहारलाई सांस्कृतिक एवं सामाजिक पर्वको रूपमा मान्ने चलन छ।
नेपालका अन्य प्रदेशका नागरिकले भन्दा सुदूरपश्चिम क्षेत्रका नागरिकले बाह्रैमास प्राकृतिक प्रकोपबाट कष्टकर जीवन बिताउनु परेको छ। हिमाली जिल्ला पनि भएकाले दुर्गम बस्तीका रैवारे (खबर ल्याउने–लैजाने मानिस) जिल्ला सदरमुकामसम्म पुग्न सकिराखेका छैनन्। वि.सं. २०७० मा भारतसँगै सीमा जोडिएको महाकाली अञ्चलको उत्तरी सिमानाको जिल्ला दार्चुलामा महाकाली नदीमा आएको बाढीले निकै ठूलो जनधनको क्षति पु¥यायो।
उपभोक्ताले साइबर अपराधीबाट हुने गतिविधि बढ्दै जाँदा सुरक्षा खतरालाई पर्याप्त गम्भीरताका साथ लिइरहेका छन् कि छैनन् भन्ने गम्भीर चिन्ता देखिएको छ। इन्टरनेटको पहुँच बढेसँगै विगतका केही वर्षमा
चन्द्रकोट गाउँपालिका वडा नम्बर चार शान्तिपुरका मुस्लिम समुदायले चिहानघाटको व्यवस्था गरिदिन उम्मेद्वारहरुसँग माग गर्नुभएको छ ।