• १३ साउन २०८१, आइतबार

चाडबाडलक्षित साइबर अपराध

blog

उपभोक्ताले साइबर अपराधीबाट हुने गतिविधि बढ्दै जाँदा सुरक्षा खतरालाई पर्याप्त गम्भीरताका साथ लिइरहेका छन् कि छैनन् भन्ने गम्भीर चिन्ता देखिएको छ। इन्टरनेटको पहुँच बढेसँगै विगतका केही वर्षमा आपराधिक घटनाक्रममा वृद्धि भएको देखिन्छ। नेपालमा साइबर अपराधसम्बन्धी छुट्टै कानुन नभएकाले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ लाई नै साइबर कानुनका रूपमा प्रयोग गरिँदै आएको छ। नेपालमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ प्रयोग गरेर साइबर अपराधको मुद्दा चलाउने गरिएको छ। 

साइबर अपराध र आपराधिक गतिविधि

नेपालमा साइबर कानुनको मुख्य उद्देश्य कम्प्युटर अपराध, अनलाइन डाटा चोरी र इलेक्ट्रोनिक लेनदेनमा ठगी रोक्न हो। साइबर अपराध डिजिटल माध्यमबाट गरिने आपराधिक गतिविधि हो। यस्ता अपराधमा ह्याकिङ, चाइल्ड पोर्नोग्राफी, साइबर स्टकिङ, सफ्टवेयर पाइरेसी, क्रेडिट कार्ड ठगी, फिसिङ आदि पर्छन्। यसका अतिरिक्त साइबर अपराधीका लागि विभिन्न प्रकारका आईटी ऐन सेक्सन पनि जारी गरिएको छ। जसअन्तर्गत उनीहरूलाई सजाय दिइन्छ। सार्क राष्ट्रको इन्टरनेट प्रयोगकर्तामध्ये आधा प्रयोगकर्तालाई साइबर क्राइमबाट कसरी जोगाउने भन्ने कुरामा अलमलमा परेको देखिन्छ। जसको प्रत्यक्ष फाइदा साइबर अपराधीलाई हुने गर्छ। वर्तमान समयमा सामाजिक सञ्जालको पहुँचमा युवादेखि वृद्धसम्म पुगिसकेका छन्। साइबर आक्रमणकारीले प्रयोगकर्तालाई अनलाइन माध्यमबाट कुनै पनि सामान खरिद गर्न लोभ्याउनका लागि सोसल इन्जिनियरिङ रणनीति प्रयोग गर्छन्। 

डिजिटल माध्यमबाट ठगी

कोभिड–१९ महामारीले गर्दा अधिकांश ठाउँमा डिजिटल माध्यमबाट कारोबार भइरहेको देखिन्छ। धेरैजसो साइबर अपराधी चाडबाडलक्षित गरी यस्ता ठगी धन्दामा संलग्न रहेको पाइन्छ। हाल साइबर अपराधीले आकस्मिक फाइदा लिन साइबर आक्रमण गरिरहेका छन्। यसले ह्याकर्सलाई इन्टरनेट प्रयोगकर्ताबाट महत्वपूर्ण डाटा चोर्न वा प्रयोगकर्ताको उपकरण नियन्त्रण गर्न र भविष्यको आक्रमणका लागि प्रयोग गर्न अनुमति दिन्छ। उदाहरणका रूपमा साइबर अपराधीले इन्टरनेट प्रयोगकर्तालाई झुक्याउन फेक वेबसाइट बनाई विभिन्न सामाजिक सञ्जालको माध्यमबाट त्यसको प्रचारप्रसार गर्छ। 

ह्याकरहरू पहिले तपाईंलाई तपाईंको मन पर्ने ब्रान्डबाट तपाईंको इनबक्समा ‘विशेष प्रस्तावहरू’ पठाउँछन्। तब उनीहरू तपाईंको खरिद विवरणका बारेमा एक ईमेल पठाउँछन् र त्यस्ता वेबसाइटको माध्यमबाट सर्वसाधारणले केही सामान किन्नेबित्तिकै त्यस वेबसाइटमार्फत उनीहरू ग्राहकलाई अनलाइन पैसा तिर्नका लागि प्रेरित गर्छन् र एक पटक भुक्तानी भइसकेपछि ग्राहकलाई अर्डर गरिएको सामान कहिले मिल्दैन। र, यस्ता प्रभाव मुख्यतः चाडपर्वलक्षित साइबर अपराधीद्वारा गरिरहेको देख्न सकिन्छ। साइबर अपराध भनेको कम्प्युटर नेटवर्कमार्फत गरिएको आपराधिक गतिविधि हो। जब कि साइबर अपराध नाफा कमाउन गरिन्छ। जसमा कम्प्युटरलाई ह्याकिङ र अपराधलाई फिसिङका रूपमा मानिन्छ र यो कुनै अपराध वा अपराधी (चोरी, जासुसी, बाल अश्लीलता र अन्य घृणा, अपराध) आदि गर्नका लागि एक उपकरणका रूपमा प्रयोग गरिन्छ। 

चाडपर्वमा काठमाडौँबाहिरका जिल्लामा घर जानेहरूका लागि एयरलाइन्स तथा बसले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको हुनाले साइबर अपराधीद्वारा विभिन्न एयरलाइन्स तथा बससेवा अफरको फेक कुपन बनाई सोसल मिडियामार्फत ठगी धन्दा गरिरहेका हुन्छन्, त्यसमा समेत सर्वसाधारणले आफैँ जागरुक भई सही वेबसाइटमार्फत मात्र रहेर अनलाइन टिकट बुकिङको भुक्तानी गर्नुपर्छ। उपभोक्ताले चाडपर्व र कार्यक्रमका लागि टिकट किन्ने बेलामा विशेष सावधानी अपनाउनुपर्छ। किनकि प्रत्येक वर्ष साइबर अपराध रिपोर्टिङअनुसार लाखौँ रुपियाँको ठगी टिकट बुकिङको भुक्तानीमा भइरहेको पाइएको छ।

मुख्यतः साइबर अपराधीले चाडबाडलक्षित गरी महिलालाई आफ्नो जालमा फसाउन ‘सेल बिक्री’जस्ता अफर सामाजिक सञ्जालमा लिङ्क पोस्ट गरिरहेको हुन्छ। महिलाले उक्त लिङ्कमा क्लिक गर्नेबित्तिकै निजको व्यक्तिगत जानकारी साइबर अपराधीले लिने गर्छ। मूलतः आफ्नो एटीएम, क्रेडिट वा डेबिट कार्डको विवरणजस्तै आफ्नो बहुमूल्य डाटाको जानकारी दिनासाथ साइबर अपराधीले निजको सम्पूर्ण पैसा खाताबाट चोरी गर्छ र निजलाई यसबारे जानकारीसमेत हुँदैन।

चाडबाडलक्षित कार्यक्रम

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले चाडबाडलक्षित कार्यक्रम सञ्चालनमा ल्याएको छ। प्रहरीले प्रत्येक भीडभाड भएको ठाउँमा नागरिक सहायता स्थापना गरेको छ। चाडबाडको बेला चोरी, लुटपाट, ठगी, डकैतीलगायत अन्य जघन्य प्रकृतिका अपराध हुने भएकाले कार्यालयले मातहतका कार्यालयलाई शान्ति सुरक्षामा थप ध्यान दिन अनुरोध गरेको छ। नेपाल प्रहरीको तथ्याङ्कअनुसार दशैँको बेला जबरजस्ती चन्दा सङ्कलन, साइबर अपराध, अनलाइन ठगीजस्ता घटना चाडबाडको समयमा वृद्धि हुने भएकाले यस सन्दर्भमा आमनागरिकलाई सतर्क रहन आह्वानसमेत गरिएको छ। 

सचेतना कार्यक्रम 

वेबसाइट हेरेर मात्र उक्त कुनै पनि सपिङ पोर्टल माध्यमबाट सामान मगाउनु ठीक हुनेछ। कुनै पनि वेबसाइटबाट अफर आएको बेला त्यसको वास्तविकता नबुझीकन गहिरो छुटको सिकार नहुनुहोस्। मुख्यतः साइबर अपराधीद्वारा विशेषगरी सर्वसाधारणलाई लोभ्याउन इलेक्ट्रोनिक ग्याजेट्स, मोबाइल फोन, एयरफोन आदिजस्ता महìवाकाङ्क्षी उत्पादनमा धेरै छुटको प्रस्ताव गर्छ। 

इन्टरनेटमा अवस्थित साइबर अपराधको प्रकारका साथ आफैँलाई शिक्षित गर्दा, तपाईं ती सबै अनलाइन अपराधबारे सचेत रहनुहुन्छ।  जब तपाई ई–मेलहरू जाँच गर्दै हुनुहुन्छ वा मेसेन्जरमा च्याट गर्दै हुनुहुन्छ, तब कुनै पनि अज्ञात व्यक्तिले पठाएको सन्देशमा संलग्न लिङ्कमा क्लिक गर्दा होसियार हुनुहोस्। 

यदि तपाई कुनै साइबर अपराधमा पर्नुभयो भने नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालयको साइबर सेलमा गएर उजुरी दिन सक्नुहुन्छ। यदि तपाई भौतिक रूपमा उपस्थित हुन सक्नुभएन भने नेपाल प्रहरीको ईमेलमार्फत पनि उजुरी दिन सक्नुहुन्छ। साइबर शाखाले अनलाइन तथा अपलाइनमा दिइएको उजुरीमाथि डिल गर्छ।