• २० असोज २०८१, आइतबार

उम्मेदवारहरूसँग चिहानघाटको माग गर्दै मुस्लिम समुदाय

blog

उम्मेदवारसँग आफ्ना माग राख्दै रमन मियाँ । तस्बिर: तिलाचन पाण्डे

तम्घास, कात्तिक ५ गते । चन्द्रकोट गाउँपालिका वडा नम्बर चार शान्तिपुरका मुस्लिम समुदायले चिहानघाटको व्यवस्था गरिदिन उम्मेद्वारहरुसँग माग गर्नुभएको छ ।

गुल्मी क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारी र प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालसँग उहाँहरूले चिहानघाटको व्यवस्था गरिदिनका लागि आग्रह गर्नुभएको हो ।  चिहानघाटको व्यवस्था नहुँदा आफूहरूलाई धेरै समस्या हुने गरेको भन्दै सो व्यवस्था गरिदिनका लागि उम्मेदवारसँग रमन मियाले आग्रह गर्नुभएको हो । 

 निर्वाचन जितेर गइसके पश्चात् फर्केर गाउँमा आउन र समस्याको समाधानमा उचित ध्यान दिई सुख दुःखको सारथि बन्नका लागि आग्रह 

यो पनि पढ्नुहोस

त्रासमा धान भित्र्याउँदै किसान

क्यान्सरका बिरामी भारत जानुपर्ने बाध्यता अन्त्य

मुस्लिम समुदायलाई  निर्वाचनमा मतदाताको रूपमा मात्रै प्रयोग नगरी समस्याको समाधान गरिदिन पनि उहाँले आग्रह गर्नुभएको हो  । साथै उहाँले निर्वाचन जितेर गइसके पश्चात् फर्केर गाउँमा आउन र समस्याको समाधानमा उचित ध्यान दिई सुख दुःखको सारथि बन्नका लागि आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा यहाँको स्थानीयहरूले चन्द्रकोट गाउँपालिकाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नका लागि सुझाव समेत दिएका छन् । यता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले  यस क्षेत्रको विकास गर्न र मुस्लिम समुदायको समस्यालाई आफूले समाधान गर्नका लागि पहल गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस

नेपाली परिकार विश्वभर पु-याउन सकिने

प्लास्टिकका फूलमाला प्रतिबन्ध

प्रदेश सभा १ का उम्मेदवार एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व सामाजिक विकास मन्त्री  सुदर्शन बरालले सबै आदिवासी जाताजातीको परम्परागत संस्कृतिको संरक्षणमा विगतका दिनहरूमा पनि प्रदेश सरकारले काम गर्दै आएको बताउँदै बाँकी रहेका कामहरूलाई पूरा गर्ने उहाँको भनाई छ ।

शान्तिपुरमा मुस्लिम समुदायका २० घर परिवार स्थायी बासिन्दाहरू रहेका छन् । 

यो पनि पढ्नुहोस

सात लाख ५० हजार घुससहित पक्राउ

ब्याजदर एकल अङ्कमा झार्न माग

Author

तिलाचन पाण्डे