• ११ असोज २०८१, शुक्रबार

भारतीय विषादीयुक्त माछा रोकमा उपभोक्ताको समर्थन

blog

दमक, असोज ५ गते । झापामा विषादीयुक्त माछाहरू भित्रिनबाट रोक्न स्थानीय सरकार तथा प्रशासन लागेपछि स्थानीय व्यापारी उपभोक्ताहरुले समर्थन गरेका छन् । जिल्लाको प्रमुख बजार बिर्तामोडका व्यापारी तथा माछा पालक किसानहरूले स्थानीय उत्पादनले राम्रो बजार पाएको भन्दै यो कार्यको स्वागत गर्दै स्थानीय माछा विक्री सुरु गरेका हुन् । 

यो पनि पढ्नुहोस

युगस्रष्टा महाकवि देवकोटा

हराउँदै मारुनी नाच

जिल्ला प्रशासन कार्यालय झापासहितको सहभागितामा बिर्तामोड नगरपालिकाले बजार अनुगमन गर्दा सडेगलेका माछाहरू खुलेआम विक्री भइरहेको भेटेसँगै नियन्त्रण गरी विक्री र आयातमा रोक लगाएको थियो । विषादी भेटिएको लाखौँ मूल्य बराबरको माछा नियन्त्रणमा लिएर पुरिदिएपछि उपभोक्ताहरूले स्वागत गरेका हुन् । 

यो पनि पढ्नुहोस

उत्पादन घट्ने अनुमान

स्वदेशी चाड विदेशी सामान

कृषि थोक बजारमा रहेका माछा व्यापारीहरूले विषादीयुक्त मरेको भारतीय माछाको खरिद गर्नुको सट्टा स्थानीय किसानले उत्पादन गरेको माछा खरिद गर्न थालेको  माछा पालन किसान सङ्घ जिल्ला समिति झापाका अध्यक्ष होम सिटौलाले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस

चाडबाडलक्षित साइबर अपराध

सुदूरपश्चिममा प्राकृतिक प्रकोप

झापा जिल्लाका स्थानीय तहहरूको संयुक्त बैठकबाट विषादीयुक्त सडेगलेका माछाजन्य वस्तुहरू विक्री वितरणमा रोक लगाउने निर्णय भएकाले यसको कार्यान्वयन गरिने बताइँदै आएको छ । जिल्लाभर नै भारतीय माछा विक्री वितरणमा रोक लगाउने स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरूले एक महिना अघि प्रतिबद्धता जनाउनुभएको थियो ।

भारतबाट आयात गरिएको माछा विक्रीमा रोक लगाउने निर्णयप्रति असहमति जनाउँदै नेपाल माछा व्यापार श्रमिक सङ्घ झापाले पत्रकार सम्मेलनमार्फत माछा विक्री गर्न पाउनुपर्ने माग राखेका छन् । बिर्तामोड नगरपालिकामा मात्र दैनिक १५ सय किलोग्रामभन्दा माथि माछा विक्री हुने गरेको थियो ।

Author

विष्णुप्रसाद पोखरेल