काठमाडौं, कात्तिक ५ गते । युभेन्ट्सले इटालियन सिरि ‘ए’ फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो ।
युभेन्ट्सको जितमा एड्रियन रबिओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले एक एक गोल गर्नुभयो । आठौं मिनेटमा मोइस किनको गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । म्याकिनीले ५६औं मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाउनुभयो ।
८२औं मिनेटमा रबिओटले गोल गर्दै टोलीको अग्रता थप बलियो बनाउनुभयो । इन्जुरी समयमा रबिओटले लगातार दोस्रो गोल थप्दै युभेन्ट्सलाई फराकिलो जित दिलाउनुभयो । जितसँगै युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले ११ खेलबाट १९ अङ्कर बनाएको छ । पराजित इम्पोली ११ अङ्कसहित ११औं नै स्थानमा छ । शीर्षस्थानमा रहेको नापोलीको २६ तथा दोस्रो स्थानमा रहेको एटलान्टाको २४ अङ्क छ । एजेन्सी