• १९ असोज २०८१, शनिबार

दाङको बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

blog

फाइल तस्बिर

घोराही, कात्तिक ५ गते । पश्चिम दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता हुनुभएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिनुभएको हो ।

बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द हुनुहुन्छ ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको बताउनुभयो ।