• १३ साउन २०८१, आइतबार

पुष्प व्यवसायबाट मनग्य आम्दानी (फोटो फिचर)

blog

सल्यान, कात्तिक ६ गते । शारदा नगरपालिका श्रीनगरका पुष्प व्यवसायीहरू हिजोआज  फूल टिप्न र माला उन्नमा व्यस्त छन् । तिहार लागेसँगै बगैँचामा रहेको फूल विक्री गर्न यहाँका किसानहरू व्यस्त छन् । 

राप्ती राजमार्गको सल्यान–रुकुम–खलङ्गा सडक छेउमा रहेको श्रीनगर जोगिदेउखोला र पटनेरिमा मखमली, सयपत्री लगायतका फूल टिप्न र माला बनाउन व्यवसायीहरू व्यस्त रहेका छन् । ओजी एग्रो एण्ड टुरिजम कम्पनीका सञ्चालक मोहन वली फूल विक्रीबाट तिहारको समयमा महिनामै लाख बढी आम्दानी गर्ने गरेको बताउनुभयो । 


उहाँले शारदा नगरपालिका २ जोगिदेउखोलामा ७ रोपनीमा लगाएको फूलको खेती गर्नुभएको छ । ४ लाख रुपैयाँको लगानीमा फूल खेती गरेका वलीले दैनिक ३ देखि ४ सयसम्म मालाको अर्डर आउने गरेको बताउनुभयो । बारी वाटै  प्रति किलो ४५० रुपैयाँ र सयपत्री फूल प्रतिमाला १५० रुपैयाँ‚ मखमली प्रतिमाला २५० रुपैयाँका दरमाले बिक्री गर्दछ । उहाँका अनुसार उत्पादन भन्दा धेरै फुल माग हुने गरेकाले माग धान्न धौ धौ परेको छ । 


शारदा नगरपालिका १ पटनेरिमा रहेको साथी पुष्प फर्मका सञ्चालक रामकुमार हमालले अहिले ग्राहकहरूको अर्डर लिने काम भइरहेको बताउनुभयो । उहाँका ५ रोपनी जग्गामा सयपत्री ढकमक्क फुलेको छ । सयपत्रीभन्दा मखमली फूल लामो समय टिक्ने भएकाले सयपत्रीको तुलनामा मखमली फूलको माग धेरै आउने गरेको हमाल बताउनुहुन्छ ।


सरकारले प्लास्टिकजन्य माला विक्रीमा रोक लगाएसँगै स्थानीय फूल व्यवसायीहरूलाई भने फाइल पुगेको उहाँहरू बताउनुहुन्छ । जिल्ला भित्र सल्यान र बाहिर दाङ, नेपालगन्ज, बागलुङ, काठमाडौँ र सुर्खेतबाट फुल र माला व्यापारीहरूले लैजाने गरेका छन् । 








Author

प्रतीक शर्मा