कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा शनिबार मानव कङ्काल फेला परेको छ । स्थानीयले बाणगङ्गा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा मानव कङ्काल देखेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको थियो ।
बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने भएको छ ।
गोरखाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका भित्र अत्याधिक मात्रामा रहेका चेपाङ जातिहरुको महान् चाड (छोनाम) न्वागी पर्बको अवसर पारेर गाउँपालिकाले आज सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
देशमा कृषि उत्पादन बढाएर आयातमा निर्भरता घटाउने सरकारी नीति अनुरूप तनहुँमा व्यावसायिक प्याज खेती प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । भारत, चीन बङ्गलादेश लगायत अन्य मुलुकबाट वार्षिक ठुलो परिमाणमा प्याज आयात भइरहेको अवस्थामा, स्थानीय उत्पादन बढाउन यो कार्यक्रम ल्याइएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
सप्तरीको शम्भुनाथ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ भंगाहास्थित देवधार खोलाको किनारमा एक ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको हो ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी प्रदान गरी सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल दृष्टिविहीन कल्याण सङ्घको पोखरामा शनिबार भएको ३८ औँ केन्द्रीय वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्ति समतामूलक समाजको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले गरेका जनतामुखी र ऐतिहासिक उपलब्धिहरू जनतामाझ सुनाउन मध्यपहाडी लोकमार्ग अभियानमा हिँडेको बताउनुभएको छ ।
गत असोज दोस्रो साताको बाढीबाट पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग दुई लेन (डबल लेन) मा पुनर्निर्माण हुने भएको छ । सडक डिभिजन भक्तपुरले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गलाई हालको इन्टरमिडियट लेनबाट स्तरोन्नति गरेर दुई लेनको बनाउने भएको हो ।
जिल्ला सदरमुकाम बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
बर्दियामा गिद्धका गुँड भेटिन छाडेका छन् । अग्ला सिमल र सालका रुखमा भेटिने गिद्धका गुँड पछिल्लो समय भेटिन छाडेका हुन् । अग्ला सिमलका रुख मासिँदै गएपछि गिद्धका गुँड भेटिन छाडेका हुन् । सिमलका रुखमा स्थायी रूपमा बस्ने गिद्धले रुखका अभाव हुन थालेपछि गुँड लगाउन छाडेका छन् । बर्दियाको कृष्णसार संरक्षण क्षेत्र बढैयाताल आसपासको क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा गाउँपालिकाको इन्टेक क्षेत्रमा छिटपुट गिद्ध देखिने गरेको
चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री अनिल कुमार झाले छोरीको शिक्षा र सम्मानमै समाजको उज्ज्वल भविष्य रहेको बताउनुभएको छ ।
एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनुभएको हो ।