चित्रकुमार मिजार
सिन्धुपाल्चोक, पुस १३ गते । कफी बिक्रीबाट सिन्धुपाल्चोकमा वार्षिक तीन करोड बढी रकम भित्रने जनाइएको छ । जिल्लाभरका किसानले वार्षिक उत्पादन गरेको कफीबाट उक्त रकम बार्षिक रुपमा भित्रिदै आएको कफी सहकारी संघ लिमिटेड सिन्धुपाल्चोककी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो ।
तीन नगरपालिका नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा कफी सहकारीअन्तर्गत ६४ वटा समूह, ८ वटा प्रारम्भिक सहकारी संस्थाको छाता संगठनको रुपमा कफी सहकारी संघ सिन्धुपाल्चोक २०६९ सालमा स्थापना भएको थियो । त्यसअघि ०६२ सालदेखि नै समूहमार्पmत कफी खेती प्रवर्धन हुँदै आएको थियो ।
कफी सहकारी संघ लिमिटेड स्थापना भएपश्च्यात सिन्धुपाल्चोकमा कफी खेती झनै प्रवर्धन भएको पाइएको छ । कफी उत्पादन, प्रशोधन, अर्गानिक प्रमाणीकरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारीकरणलाई बढावा दिँदै आएको अध्यक्ष थापाले बताउनुभयो । संघले किसानलाई कफी खेती व्यवसाय गर्न उत्साह, तालिमका साथै विभिन्न सहयोगहरु उपलब्ध गराएर कफी खेतीमा आर्कषित गरेको थियो । हाल जिल्लाभर २२ वटा समूह, १२ वटा सहकारी संस्थाद्वारा उत्पादित कफी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिँदै आएको छ ।
उक्त संघ आवद्ध कफी किसानले उत्पादन गरेका अर्गानिक कफीहरु जापान, कोरिया, अष्टे«लिया, अमेरिकामा निर्यात गरिँदै आएको अध्यक्ष मन्दुले जानकारी दिनुभयो । जापनमा ग्रीन कप जापान, कोरियामा व्यूट्र्रिफुल कफी, अस्टे«लियामा हिमालयन कफी र अमेरिकामा त्यहीको एक कफी व्यवसायीले सिन्धुपाल्चोकका कफी बित्रली वितरण गर्दे आइरहेका छन् । उक्त देशहरु र नेपालको राजधानी विभिन्न शहरबजारमा बिक्री भएर सिन्धुपाल्चोकमा तीन करोडभन्दा बढी रकम भित्रिदै आएको थापाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा २९ वटा प्रारम्भिक कफी सङ्कलन तथा प्रशोधन गर्ने केन्द्र छन् । १० वटा प्रशोधन भवन छन् । दुई हजार एक सय ५० जना कृषकले अर्गानिक कफी उत्पादन गर्दे आएको तथ्याङ्क संघले देखाएको छ । ‘सिन्धु अर्गानिक कफी’ ब्राण्ड गरेर सिन्धुका किसानले उत्पादन गरेका कफी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएका छन् । सिन्धुपाल्चोकमा उत्पादन भएका अर्गानिक कफीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पु¥याउने कार्यमा संघका अध्यक्ष थापाले क्षण क्षण पहल गर्दै आउनुभएको छ । कफी उत्पादन भएपछि बजारमा गएको नाफा बोनसको रुपमा संघले किसानलाई उपलब्ध गराउँदै आएको छ ।
उक्त कफी सहकारी संघ लिमिटेडले कफी उत्पादनका लागि किसानलाई प्रोत्साहनका कार्य गर्दै आएको छ । कफी प्रशोधन केन्द्र निर्माण, मेशिन उपकरण सहयोग, कफी, फलफुल वितरण, अनुदान सहयोगका साथै सिँचाइका लागि पनि सहयोग गर्दे आएको थापाले बताउनुभयो । साथै सामाजिक क्षेत्रअन्तर्गत विपद्जन्य घटनामा पीडितलाई राहत सामग्री सहयोग, शिक्षा स्वास्थ्यमा सहयोग, कोभिड महामारी, भूकम्प प्रभावितलाई सहयोग, विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।
सिन्धुपाल्चोकमा एक सय २४ हेक्टर जीनमा कफी खेती भइरहेको छ । पछिल्लो समय थप जमीनमा कफी उत्पादन थालिएको छ । हाल ३२ हजार केजी ड्राई पारचमेन्ट कफी उत्पादन भइरहेको छ । ०६२/०६३ मा जिल्लाभर चार सय केजी ड्राइै चेरी कफी उत्पादन हुन्थ्यो । कफी उत्पादन व्यवसायमा लागेपछि सयौं किसानको आर्थिक हैसियत उकासिएको छ । उत्पादित कफीको बजार ग्यारेन्टी छ । अन्य नगदेबाली र तरकारी खेतीभन्दा सहज र राम्रो आम्दानी हुने भएपछि सयौं किसानहरु कफी खेतीमा लागेका छन् । बजार अभाव नभएपछि, समयमा पैसा पाउने भएपछि किसानहरु कफी खेतीमा थप आकर्षित हुँदै गएका छन् । बिगतमा गुणास्तर प्रशोधन प्रविधि नहुदाँ कफी खेतीतर्पm किसानहरु निराश थिए । त्यसकारण किसान आपैmले कफीको बोट काट्थे । यस्ता विविध समस्या आउन थालेपछि कफी खेती प्रवर्धन गर्न सहकारी मोडेल अफ्नाएर ६४ वटा समूहलाई कफी सहकारीमा आवद्ध गराइएको थियो ।
जिल्लामा कफी खेतीबाटै मनग्गे आम्दानी लिने किसानहरु सयौं छन् । त्यस मध्ये पनि चौतारा साँगचोकगढी नगरपालिका–१० का यमबहादुर महतले अग्र स्थानमा छन् । उहाँले कफी खेतीबाटै वार्षिक १० लाखभन्दन बढी आम्दानी हात पार्दे आएको बताउनुभयो । महत जस्तै बाह्रबिसे नगरपालिका–४ का बेदप्रसाद पौडेलले पनि कफी खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी लिने किसानमा पर्नुहुन्छ । हेलम्बु गाउँपालिकाका मुनबहादुर पण्डितले पनि कफी खेतीबाट सात लाखभन्दा बढी वार्षिक आम्दानी लिँदै आएको जानकारी दिनुभयो । सुनकोशी गाउँपालिका–३ का चुढामणी प्याकुरेल पनि कफी खेतीबाट वार्षिक छ लाखभन्दा बढी कमाउदै आउनुभएको छ । उनीहरु जस्ता सयौं सिन्धुका कफी किसानले कफी खेती गरेरै वार्षिक दुई लाखदेखि १० लाखभन्दा बढीसम्म आम्दानी लिँदै आएको संघले जनाएको छ ।
सिन्धुपाल्चोकका किसानले उत्पादन गरेका कफीहरु स्थानीय बजारमा कफी प्रवर्धन र प्रचारप्रसारका लागि चौतारा साँगचोगढी नगरपालिका–१० मा व्यूटिफुल क्याफे सञ्चालनमा ल्याइएको छ । सिन्धुपाल्चोकमा कफी प्रवर्धन गरेर किसानको आर्थिक स्तर बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कफी सहकारी संघ लिमिटेड सुकुटेलाई उत्कृृष्ट जिल्ला कफी सहकारी संघ लिमिटेडअन्तर्गत २०८२ मङ्सिर १ गते नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सम्मान गरेको थियो । यस्तै उत्कृष्ट निर्यातकर्ता सम्माबाट २०८/०८१ मा निर्यात व्यवसायी महासंघ नेपालले संघलाई सम्मान गरेको थियो ।