तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ ।
बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन जानू भएकी वृद्धाको बाघले ज्यान लिएको हो ।
गोरखामा आफैँले बोकेको भरुवा बन्दुक पडकिएर धार्चे गाउँपालिका–४ लाप्राकका टेकबहादुर गुरुङ घाइते भएका छन् ।
“हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुवा भीमबहादुर भन्नु हुन्छ, “अब हामीले पाउने सान्त्वना के होला रु” गोरखा पालुङ्टार नगरपालिका–३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।
थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसोदेखि लागू भएको यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि रोक्न, हवाई क्षेत्र उल्लङ्घन नगर्न र तनाव कम गर्न आह्वान गरेको छ ।
अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोष्णा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरुको विवरण माग गरिएको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकड्भिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।
‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे ।
हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–४ मा शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेका छन् । हरिनगरा माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा पूजा कुमारी दासलाई ४७ वर्षीय शिक्षक रघुनाथ मेहताले कुटपिट गर्नुभएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न राजनितिक दलहरूद्वारा केन्द्रमा उम्मेद्वार सिफारिस गर्ने कार्य तीव्र रुपमा चलिरहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेका बताउनुभएको छ ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
अत्यधिक चिसो बढेपछि बाँकेको जानकी गाउँपालिकाले आठ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।