निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित हुनुभएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न १५ औँ अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित हुनुभएको हो ।
जिल्ला समन्वय समिति जुम्लाको परिसरभित्र सकेट बम भेटिएको छ । आइतबार बिहान पर्खाल लगाउने क्रममा पुरानो खिया लागेको अवस्थामा सकेट बम भेटिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर बजारमा राँगाले हान्दा एक जना बालक घाइते भएका छन् । शनिबार साँझ राँगाले अटोलाई ठक्कर दिँदा पल्टिन गई अटोमा सवार मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५ वर्षीय आशिष मोक्तान घाइते हुनुभएको हो ।
लुम्बिनी प्रदेश निजामती सेवा दिवसको आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधि सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले हात पार्नुभएको छ ।
जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई. मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ ।
सिमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले सांस्कृतिक पर्व छोनाम (न्वागी) का अवसरमा बागमती प्रदेश सरकारले आइतबार तीन जिल्लामा सार्वजनिक बिदा गरेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७, भङ्गाहा स्थित देवधार खोलाको किनारमा एक ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको हो ।
चीन सरकारले दोलखाको जिरी नगरपालिका–६ मा रहेको जिरी माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरिदिएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति गरेको विद्यालय भवन एक अर्ब ३९
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा शनिबार मानव कङ्काल फेला परेको छ । स्थानीयले बाणगङ्गा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा मानव कङ्काल देखेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको थियो ।
बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने भएको छ ।
गोरखाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका भित्र अत्याधिक मात्रामा रहेका चेपाङ जातिहरुको महान् चाड (छोनाम) न्वागी पर्बको अवसर पारेर गाउँपालिकाले आज सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
देशमा कृषि उत्पादन बढाएर आयातमा निर्भरता घटाउने सरकारी नीति अनुरूप तनहुँमा व्यावसायिक प्याज खेती प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । भारत, चीन बङ्गलादेश लगायत अन्य मुलुकबाट वार्षिक ठुलो परिमाणमा प्याज आयात भइरहेको अवस्थामा, स्थानीय उत्पादन बढाउन यो कार्यक्रम ल्याइएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
सप्तरीको शम्भुनाथ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ भंगाहास्थित देवधार खोलाको किनारमा एक ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको हो ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी प्रदान गरी सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल दृष्टिविहीन कल्याण सङ्घको पोखरामा शनिबार भएको ३८ औँ केन्द्रीय वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्ति समतामूलक समाजको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्नुभयो ।