दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ग्वारखोला तटमा बर्सांैदेखि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएका छन् । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर १८ का अध्यक्ष माधव वलीको नेतृत्वमा ती क्षेत्रमा अतिक्रमित संरचना, रोपिएका बालीनाली र रुखबिरुवा हटाइएको हो । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि, स्थानीय, नेपाल प्रहरी र नगर प्रहरीको सहभागितामा अतिक्रमित जग्गा खाली गराइएको हो ।
सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ छ हजार ३८ मिटर रहेको छ ।
विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ ।
कर्णाली प्रदेश सरकारले कोरिडोर कनेक्टिभिटी संरक्षण कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो ।
जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ ।
कुनै समय थियो, झोलामा चिठीपत्र बोकेर गाउँघरमा हुलाकी अर्थात् हल्कारा आउने गर्थे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन अब भने हराइसकेको छ । पहिले गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले अछाम जिल्लामा १२ वटा इलाका हुलाक कार्यालय र ५९ वटा अतिरिक्त हुलाक कार्यालय छन् । जिल्ला सदरमुकाम मङ्गलसेनमा जिल्ला हुलाक कार्यालय र साँफेबगरमा एक हुलाक काउन्टर छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्ताएको छ । बैठकका लागि बिजनेस हुँदाहुँदै पनि प्रदेश सभा कामविहीन झैँ देखिएको हो ।
माओवादी सशस्त्र द्वन्द्वमा ज्यानको बाजी लगाएर युद्धमा होमिएकी कालीकोटकी द्वन्द्वपीडित शैलाजा सार्की गोली लागेर घाइते भएपछि कहिल्यै उठ्न नसक्ने हुनुभयो । द्वन्द्वपीडित सार्कीले २० वर्षदेखि आफू ओछ्यानमै ढलिरहेको बताउनुभयो ।
झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ ।
जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले फुङलिङ नगरपालिका ७ दोखुकी क्यान्सर पीडित मिना नाल्बो पालुङवालाई एक लाख ७५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगतवी न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताउनुभएको छ ।
को हो त्यो जो आफ्नो काँधमा तीन वटा दियो जलारहन्छ ?