आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन गरी अवार्डको नयाँ मिति सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१, रामरेखाकी २२ वर्षीया मनिषा बोसेलले ७ वर्षदेखि मिर्गौलाको समस्या भोग्दै आउनु भएको छ । स्नातक तह प्रथम वर्षमा भर्ना भएपछि मिर्गौलामा समस्या देखिएपछि उहाँले २०७६ सालदेखि नियमित डायलायसिस सेवा लिइरहनुभएको छ ।
बरियारपट्टी गाउँपालिका–२, श्रीपुर गाउँको दलित विपन्न समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढेर एमबिबिएस पढ्न नाम निकालेपछि पढाइका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।
लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने भएको छ ।
आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दाङबाट विभिन्न राजनीतिक दलहरूले चार जना पत्रकारको नाम सिफारिस गरेका छन्।
लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले र नेपाल एपिएफ क्लबले नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली टोली गुल्मीको रेसुङ्गामा आइपुगेको छ । बाँकेको बाँगेश्वरी मन्दिरबाट सुरु भएको र्याली शनिबार साँझ यहाँ आइपुगेको हो ।
ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो ।
तनहुँको ऋषिङ गाउँपालिका- ४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल ।
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे छलफल हुने एमाले सचिव महेश बस्नेतले बताउनुभयो ।
नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा–४, जैसिथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जनाले सेवा पाएका छन् । जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटबल हस्पिटल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका र ४ नम्बर वडा कार्यालयको समन्वयमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।