सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर दीर्घकालीन महत्वको ढोरचौर फालाटे सडकको स्तरोन्नति तथा कालोपत्रे गरिने भएको छ । आठ मिटरको चौडा सडक स्तरबृद्धि तथा कालोपत्रेका लागि सल्यानको सिद्धकुमाख गाउँपालिकाले क्षेत्राधिकारभित्र पर्ने सबै अवैध घर, टहरा र अन्य संरचनाहरू हटाउने भएको हो ।
नेकपा (एमाले) विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको टोली नेताले प्रतिवेदन पेस गरिएको छ । समूहगत नेताहरुले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । आइतबार बिहान सनराईज सभाहल गोदावारी, ललितपुरमा समूहगत बैठकको निचोड पेश गर्दै समूहगत नेताहरुले त्यस्तो बताएका हुन् ।
गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिकाले बसपार्क सञ्चालन गर्न कार्यदल गठन गरेको छ ।
निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डको नयाँ कालोपत्रे सडक दबिएर उबड–खाबड बनेको छ । कालोपत्रे सम्पन्न भएको उकालो स्थानमा सडक बढी दबिएको छ । नवलपुर खण्डको गैँडाकोटदेखि दुम्किवाससम्म पर्ने अधिकांश उकालो क्षेत्रमा सडक बिग्रिएको छ ।
यस वर्ष मुस्ताङमा उच्च घनत्वको (हाइब्रिड)को उत्पादन करिब १० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बैतडीको सुर्नया गाउँपालिका-५ मडकी १८ वर्षीय झरना दमाई सुर्नया नदी किनारमा मृत फेला परेकी छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा एक वृद्ध पुजारीको शङ्कास्पद मृत्यु भएको छ ।नगरपालिका– ८ सुन्दरी पुल नजिकैको काली मन्दिरमा विगत ६/७ वर्षदेखि पुजारीको रुपमा बस्दै आएका उहाँको शङ्कास्पद मृत्यु भएको हो ।
आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।
२२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार नवलपुरमा प्रभातफेरी तथा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने यहाँको एक सामुदायिक वन समूहले उदाहरण दिएको छ ।
नेपालगञ्जमा लोपोन्मुख तथा अल्पसङ्ख्यक जातिको रुपमा रहेका चिडिमार समुदायका बालिकालाई पोशाक सहयोग गरिएको छ ।
भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।