नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मनाङ उपनिर्वाचनका लागि उम्मेदवारी तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गर्ने निर्णय गरेको छ।
बाँकेको कोहलपुर नगरपालिका–२ स्थित १३ बिघा मैदानमा अत्याधुनिक सुविधासहितको फुटबल रङ्गशाला निर्माण बन्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताउनुभएको छ ।
श्रीलङ्कामा सेप्टेम्बर १५ देखि २७ तारिखसम्म आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीले अन्तिम तयारी जारी राखेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो ।
निजामती सेवा दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा पाथीभरा याङ्वरक गाउँपालिका प्रथम भएको छ। कर्मचारी मिलन केन्द्र ताप्लेजुङले आयोजना गरेको प्रतियोगितामा सहभागी टोलीमध्ये पाथीभरा याङ्वरक गाउँपालिका प्रथम भएको हो।
पछिल्लो समयमा विभिन्न सार्वजनिक स्थानबाट मोटरसाइकल चोरीका घटनाहरू बढेको सन्दर्भमा सो को खोजी गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले केही मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको हो।
पोखरामा आयोजित आर्म रेस्लिङमा काठमाडौँका रोमन महर्जन च्याम्पियन बन्नुभएको छ। ओभर अल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद एक लाख जित्नुभएको हो।
धनगढी, भदौ २२ गते । चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदारले लापरवाही गरिरहेको भन्दै दबाब दिनका लागि कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिले सडक आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।
निजामती दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयहरुमध्ये उत्कृष्ट सेवा प्रवाह गर्ने तीन कार्यालय प्रमुखलाई पुरस्कृत गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मनाङका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई सहज तरिकाले सेवा दिन जिल्ला प्रशासन कार्यालय मनाङले घुम्ती सेवा सञ्चालन गरेको छ ।
२२ औँ निजामती सेवा दिवस बैतडीमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाको विभिन्न स्थानमा निर्माण गरिएका ‘सहिद स्मृति पार्क’ संरक्षणविहीन बन्दै गएकाे छ ।
भदौ शुक्ल पूर्णिमादेखि सुरु हुने पितृपक्षको पहिलो दिन जनकपुरधामस्थित गङ्गासागरमा तर्पण दिनेहरूको घुइँचो लागेको छ।
बाजुराका अधिकाशं स्थानीय काठेपुलमा जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् ।