आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थलसहित १८ केन्द्र थप गरिएका छन् ।
१०० वर्ष अघिको गोर्खापत्र
चलचित्र ‘बिगुल’ मा समावेश ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको गीत राजेशपायल राईले गाएका हुन् ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल बांके जिल्ला समितिद्वारा तीन वटा कृति विमोचनसँगै परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष भरतबहादुर रानाभाटको ‘ढुकढुकीमा देश’, उपाध्यक्ष चन्द्रावती अधिकारीको ‘चन्द्राघ्र्य’ र भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविता’ गरी तीन वटा कवितासङ्ग्रहको विमोचन गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका पूर्वअध्यक्ष प्राडा कृष्णप्रसाद घिमिरेले तीन वटै कृतिको विमोचन गर्नुभयो ।
सप्तरीमा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राजविराज नगरपालिका वडा नम्बर ८ मा बालिकामाथि जवरजस्ती करणी भएको हो ।
कवि तारक धिताल र दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ प्रकाशित भएको छ । दाम्पत्य जीवनको तीन दशक पूरा भएको अवसरमा प्रकाशित कृतिमा दुवै सर्जकका समान ३०–३० कविता समेटिएका छन् ।
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डिएसए स्टार २०२५ सिजन–१८’ को अन्तिम प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधि पुडासैनी विजेता, तेजस्वी जोरा ‘फस्र्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’ र अपिल पन्त ‘थर्ड रनरअप’ बन्नुभएको छ ।
फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।
। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
पेवा खर्चेर भाडाको कोठामा ३५ जना महिला जम्मा गरेर तालिम । तालिमे महिला सिक्दै कमाउँदै, कमाइ पनि आकर्षक, मासिक न्यूनतम १५ हजारदेखि ३० हजार रुपियाँसम्म हुन्छ ।
काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु भएको छ । सन्दर्भ मूल्यसूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद तथा बिक्रीवितरणलाई व्यवस्थित बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ प्रयोगमा ल्याएको छ । कृषकलाई अनुदानमा वितरण गरिने मलको खरिद तथा बिक्रीवितरण कार्यलाई थप व्यवस्थित एवं पारदर्शी बनाउन सो सूचना प्रणाली प्रयोगमा ल्याइएको हो ।
वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेकाले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः जान पाउने बाटो खुलेको छ । विभिन्न माध्यमबाट इराक गई इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णय गरेसँगै जान बाटो खुलेको हो । गत शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पु¥याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।