यस वर्षको सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । असोज ५ गतेसम्म सञ्चालन हुने सोह्रश्राद्ध बडादसैँ २०८२ को पूर्वसन्ध्या पनि हो । यसको अर्थ सोह्रश्राद्ध नगरी नवदुर्गा उपासना गरिँदैन भन्ने पनि हो ।
बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका पूर्ण रुपमा ठप्प भएपछि वैकल्पिक मार्गको रुपमा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला नाका प्रयोग गरिने भएको छ ।
वृद्ध अवस्था, जीवनयात्राको महत्वपूर्ण र स्वाभाविक चरण हो । जो अनुभवले खारिएको हुन्छ । ज्ञानको प्रकाशले जीवनलाई एक विशिष्ट गहिराइ प्रदान गरेको हुन्छ । यो जीवनको मध्यान्तरपछि आउने परिपक्वताको चरण हो,
दसैंमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँ नाच थारू बस्तिमा सुरु भएको छ । दसैं आउनु अघि थारू समुदायले १२–१५ दिन अगाडिदेखि नै सख्या पैयाँ नाच नाचेर दसैंलाई स्वागत गर्ने गर्दछन् ।
‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अन्तिम प्रतिस्पर्धामा चयन हुन सफल ३० जना महिलाको नाम सार्वजनिक गरिएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टले काठमाडौँका महेन्द्र पुलिस क्लबको मुख्य हलमा भएको समारोहमा अन्तिम प्रतिस्पर्धामा चयन भएका ३० जना प्रतियोगीलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको छ । मिसेस नेपाल वर्ल्ड २०२५ को अन्तिम स्पर्धाका लागि चयन भएका उनीहरूलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिने छ ।
दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय दाङको मुख्य गन्तव्य बनेको छ । थारू समुदायको कला, संस्कृति र परम्परागत पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बनेको हो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
नेपाल आइडल सिजन–६ की विजेता गङ्गा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक भएको छ । गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय रहेको छ ।
ज्येष्ठ प्राध्यापक समाजले चाडपर्व विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको शैक्षिक विकासमा योगदान पु¥याउने सात अग्रज व्यक्तित्वलाई सम्मानित गरेको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ ।
हिजोआज चिया नभई कसैलाई निद्रा खुल्दैन त कसैलाई निद्रै लाग्दैन । बिहान होस् वा बेलुका चिया निद्रा खुलाउने र लगाउने पेय बनेको छ । मान्छे जागा भएका बेला जतिबेला पनि चिया समय अनि घरमा आएका पाहुनाको स्वागत गर्ने पनि त्यही चिया ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई तोकिएको ढाँचामा र समयमा अनिवार्य रूपमा वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना पेस गर्न निर्देशन दिएको छ ।
जिल्लाको भेरीगङ्गा नगरपालिकास्थित सुर्खेत भेरीगङ्गा रामघाट विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वैकल्पिक विमानस्थलका रूपमा निर्माण गर्न लागिएको यस विमानस्थलको इआइए प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलक्षित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा खरिदबिक्री गर्ने तयारी गरेको छ ।