संवत् २०८२ फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मसौदा त
केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुन थालेका छन् ।
शिक्षा देश विकासको मेरुदण्ड हो । यसले दक्ष जनशक्ति विकासमा महत्वपूर्ण भूमिका खेल्छ । शिक्षाले विभिन्न विषयवस्तुको जानकारी प्रदान गरेर विभिन्न सिप र तालिममार्फत मानव संसाधन विकास गरिरहेको हुन्छ । अनु
कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित तीन पुरस्कार पाउने प्रतिभा चयन गरिएको छ । यस वर्षको लेखनाथ साहित्य पुरस्कार साहित्यकार घनश्याम कँडेललाई प्रदान गरिने भएको छ ।
जेनजी विद्रोहपछि एमर्जेन्सी ल्यान्डिङ गर्न निर्वाचन गर्नु परेको हो । उत्पन्न सङ्कटकालीन परिस्थितिलाई नागरिक तहबाट व्यवस्थापन गर्न चालिएको गैरसैनिक कदमलाई सेनाले पनि बुद्धिमत्तापूर्ण ढङ्गले सहयोग गरेको देखिएको छ ।
जिल्लाका तीन वटा विद्यालयमा पोषाक, शैक्षिक सामग्री वितरण गरिएको छ । नलगाड नगरपालिका–९ स्थित त्रिभुवन माध्यामिक विद्यालय तात्र, महादेव प्राथमिक विद्यालय घरङ्गा र जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोटमा पठनपाठन गर्ने बालबबालिकालाई सामग्री वितरण गरिएको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थलसहित १८ केन्द्र थप गरिएका छन् ।
१०० वर्ष अघिको गोर्खापत्र
चलचित्र ‘बिगुल’ मा समावेश ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको गीत राजेशपायल राईले गाएका हुन् ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल बांके जिल्ला समितिद्वारा तीन वटा कृति विमोचनसँगै परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष भरतबहादुर रानाभाटको ‘ढुकढुकीमा देश’, उपाध्यक्ष चन्द्रावती अधिकारीको ‘चन्द्राघ्र्य’ र भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविता’ गरी तीन वटा कवितासङ्ग्रहको विमोचन गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका पूर्वअध्यक्ष प्राडा कृष्णप्रसाद घिमिरेले तीन वटै कृतिको विमोचन गर्नुभयो ।
सप्तरीमा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राजविराज नगरपालिका वडा नम्बर ८ मा बालिकामाथि जवरजस्ती करणी भएको हो ।
कवि तारक धिताल र दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ प्रकाशित भएको छ । दाम्पत्य जीवनको तीन दशक पूरा भएको अवसरमा प्रकाशित कृतिमा दुवै सर्जकका समान ३०–३० कविता समेटिएका छन् ।
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डिएसए स्टार २०२५ सिजन–१८’ को अन्तिम प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधि पुडासैनी विजेता, तेजस्वी जोरा ‘फस्र्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’ र अपिल पन्त ‘थर्ड रनरअप’ बन्नुभएको छ ।
फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।
। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।