भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ ।
वलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–६ मा रहेको प्राचीन नन्दन नगर र नन्दन ताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न निजी क्षेत्रले चासो देखाएको छ ।
म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् ।
कक्षा १० देखि १२ सम्म पढ्ने विद्यार्थीहरुले युवा विदेश पलायन रोक्ने योजनाबारे नगरप्रमखलाई प्रश्न गरेका छन् ।
नेपाल सरकारले वित्तीय अख्तियारी दिए पनि स्थानीय सरकारले मुक्त हलिया पुनर्स्थापनाको कार्यलाई प्राथमिकतामा राख्न सकेका छैनन् । नेपाल सरकारले छ वर्षअगाडि नै स्थानीय सरकारमार्फत पुनर्स्थापना गर्ने गरी वित्तीय अख्तियारी प्रदान गरेको थियो । मुक्त हलिया पुनस्र्थापनाको कार्य अगाडि बढ्न नसक्दा सुदूरपश्चिम प्रदेशका ५८ वटा स्थानीय तहका एक हजार ५५ मुक्त हलिया परिवार १७ वर्षदेखि पुनस्र्थापनाको पर्खाइमा छन् ।
अन्नपात नहुँदा भोकभोकै आमाको किरियामा बस्नुभएका मुकेश भुललाई सहयोग जुटेको छ । किरियापुत्री पाँच दिनदेखि भोकभोकै बसेको बारेमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो ।
यहाँको छायानाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को गरेका कामको विवरण सार्वजनिक सुनुवाइमार्फत नगरवासीलाई जानकारी गराएको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आयव्यय विवरण शक्रबार सुनुवाइमार्फत सार्वजनिक गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिन मात्रै ‘पर्यटक’ विद्यार्थी ल्याउने विद्यालयविरुद्ध सिमकोट गाउँपालिकाले कडाइ गर्ने भएको छ । सधैँ यस्ता विद्यार्थी ल्याएर परीक्षा दिलाउने र सो परीक्षामा जिल्लाकै उत्कृष्ट जिपिए ल्याएको देखाउने गरिएका कारण सिमकोट गाउँपालिकाले यस्तो कार्यविरुद्ध कडाइ गर्ने भएको हो ।
कर्णाली प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न १४ बुँदे सुर्खेत घोषणापत्र जारी गरिएको छ । शुक्रबार र शनिबार सुर्खेतमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय गोष्ठीमार्फत कर्णालीको शिक्षाको गुणस्तर सुधार्न सो घोषणापत्र जारी गरिएको हो । गोष्ठीमा कर्णालीका विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षाविद्, सरकारी प्रतिनिधि र विकास साझेदारका प्रतिनिधिको सहभागिता थियो ।
जिल्लाभित्र स्थापना भएका प्रहरी चौकीको नाम एक स्थानको र कार्यालय अर्को स्थानमा रहेका छन् । बर्सौंपहिलेदेखि स्थापना भएका यी प्रहरी चौकीको नाम र कार्यालय रहेको स्थानको नाम परिवर्तनतर्फ कुनै पहल नगरिँदा साबिककै अवस्थामा चौकी सञ्चालन हुँदै आएका हुन् ।
सडक पूर्वाधार नै विकासको जीवनरेखा हो । सडकबिना विकास सम्भव हुँदैन । सडक राजनीति हो, अर्थतन्त्र हो, कूटनीति पनि हो । समाजको अभिन्न अङ्ग हो, संस्कृति हो । अनि विकासको पूर्वाधार पनि ।
विकास भनेको के हो ? यो प्रश्न कसैलाई सोधियो भने प्रायजसोको मस्तिष्कमा विदेशका जस्ता ठुलठुला घर र चाक्ला सडक मस्तिष्कमा आउँछ । अविकसित देश भनेर पाठ्यक्रममै पढाइयो अनि एउटा पुस्ता विदेश गयो ।
यस वर्षको सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । असोज ५ गतेसम्म सञ्चालन हुने सोह्रश्राद्ध बडादसैँ २०८२ को पूर्वसन्ध्या पनि हो । यसको अर्थ सोह्रश्राद्ध नगरी नवदुर्गा उपासना गरिँदैन भन्ने पनि हो ।