• १४ पुस २०८२, सोमबार

गुल्मीमा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नयाँ नेतृत्व

blog

गुल्मीमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा चयन हुनुभएका नयाँ नेतृत्व । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस १४ गते ।
गुल्मीमा पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छातासङ्गठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । महासंघले १७ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको हो ।

यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१, रिडीमा सम्पन्न भएको १७ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवर्णलाल कक्षपती सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनबाट आगामी तीन वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको बताइएको छ ।

नवगठित समितिको उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा गोपाल बस्नेत, कोषाध्यक्षमा पदमबहादुर थापा, सह–सचिवमा टंकनाथ भण्डारी निर्वाचित हुनुभयो। सदस्यहरुमा शंकर महोत्रा, भक्तबहादुर टण्डन, आशा थापा, मणीराम पाण्डेय, यादव पुन, कुलचन्द्र ज्ञवाली, महेश्वर घिमिरे, कृष्णप्रसाद घिमिरे, विजय शर्मा खनाल र हरिबहादुर जिसी सर्वसम्मत निर्वाचित हुनुभयो ।

त्यस अवसरमा यस जिल्लामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सल्लाहकार समिति गठन गरिएको छ । जसमा कृष्णप्रसाद पाण्डे, हरि भण्डारी, देविराम कुँवर, झविन्द्र श्रीस र शिवलाल पन्त रहनुभएको छ । लेखा समिति संयोजक पदमबहादुर थापा रहनुभएको छ । सदस्यहरुमा महेश्वर घिमिरे र शंकर महोत्रा रहनुभएको छ ।

यस नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा ३८ जना आबद्ध छन् । नयाँ कार्यसमितिले जिल्लाका व्यवसायीहरुलाई एकढिक्का बनाउँदै व्यवसायीको हक–हितको पक्षमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।