जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको कर्फ्यू क्षेत्र विस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले पछि कर्फ्यू विस्तार गरेको हो ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बिचैमा स्थगित भएको छ ।
कोलम्बियाको दक्षिणपश्चिमी क्षेत्रमा विद्रोहीको कब्जामा परेका ७२ जना सैनिक मध्ये २७ जनालाई उद्धार गरिएको छ । बाँकी ४५ जना अझै विद्रोहीको नियन्त्रणमा रहेको सैनिक अधिकारीहरूले जानकारी दिएका छन् ।
घोराही उपमहानरपालिका–१३, भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उहाँलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।
यमनस्थित हुथी विद्रोहीले आइतबार इजरायलको दक्षिणी भागमा पर्ने रमान अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन मार्फत आक्रमण गरेका छन् ।
जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरूलाई फिर्ता हुन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्नुभएको हो ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएको छ ।
जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । सोमबार बिहान करिब ९ः३० बजे शिवालय गाउँपालिकाबाट छेडातर्फ जाँदैगरेको कर्णाली प्रदेश ०२–००१ च ०३५० नम्बरको बोलेरो जिप गाडी थलह–छेडा सडक खण्डको सालतडामा दुर्घटनामा परेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
खाडी मुलुकहरूको पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको सङ्गठन र त्यसका सहयात्री मुलुकहरूको समूह (ओपेक प्लस) ले आइतबार एक भर्चुअल बैठक गरी आउँदो अक्टोबर महिनाबाट दैनिक एक लाख ३७ हजार ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्ने निर्णय गरेका छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रेविज र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरिएको छ ।
नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको तेस्रो साधारणसभा तथा अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई वटा बोर्डर आउट पोस्ट (बिओपी) को उद्घाटन गरिएको छ।