सप्तरीमा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राजविराज नगरपालिका वडा नम्बर ८ मा बालिकामाथि जवरजस्ती करणी भएको हो ।
कवि तारक धिताल र दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ प्रकाशित भएको छ । दाम्पत्य जीवनको तीन दशक पूरा भएको अवसरमा प्रकाशित कृतिमा दुवै सर्जकका समान ३०–३० कविता समेटिएका छन् ।
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डिएसए स्टार २०२५ सिजन–१८’ को अन्तिम प्रतिस्पर्धामा विधागत रूपमा बालबालिका विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधि पुडासैनी विजेता, तेजस्वी जोरा ‘फस्र्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’ र अपिल पन्त ‘थर्ड रनरअप’ बन्नुभएको छ ।
फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।
। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
पेवा खर्चेर भाडाको कोठामा ३५ जना महिला जम्मा गरेर तालिम । तालिमे महिला सिक्दै कमाउँदै, कमाइ पनि आकर्षक, मासिक न्यूनतम १५ हजारदेखि ३० हजार रुपियाँसम्म हुन्छ ।
काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु भएको छ । सन्दर्भ मूल्यसूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद तथा बिक्रीवितरणलाई व्यवस्थित बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ प्रयोगमा ल्याएको छ । कृषकलाई अनुदानमा वितरण गरिने मलको खरिद तथा बिक्रीवितरण कार्यलाई थप व्यवस्थित एवं पारदर्शी बनाउन सो सूचना प्रणाली प्रयोगमा ल्याइएको हो ।
वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेकाले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः जान पाउने बाटो खुलेको छ । विभिन्न माध्यमबाट इराक गई इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णय गरेसँगै जान बाटो खुलेको हो । गत शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पु¥याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा प्रहरी–नागरिकबिचको सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल प्रहरीले ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः काबारहीमा परेका नेता कार्यकर्ताको बाँकी अवधि माफी मिनाहा गरेको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका प्रशासनिक भवनको कतै टालटुल त कतै भाडाकै घरबाट स्थानीय तहको सेवा प्रवाह भइरहेको छ ।
विशेष अदालतले टेरामक्स प्रविधि खरिद प्रकरणसम्बन्धी रिटमा सर्वोच्चले जारी गरेको आदेशको प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विपक्षी रहेको उक्त मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतले विवादसँग सम्बन्धित रिटमा सर्वोच्चले जारी गरेको आदेश माग गरेको हो । दूरसञ्चार प्राधिकरणले खरिद प्रक्रिया रद्द गरेको अवस्थामा सर्वोच्च अदालतले प्रक्रिया पुनः प्रारम्भ गर्न आदेश गरेको थियो ।