नेपाली कांग्रेस बैतडीले पार्टी सङ्गठन निर्माणमा योगदान पुर्याएका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीमा दुई लाखभन्दा बढीले मतदान गर्न पाउने भएका छन् ।
रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ ।
गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपालका सातजना वरिष्ठ साहित्यकार र पत्रकारलाई भारतको लखनउमा सम्मान गरिएको छ ।
बाजुराको पूर्वीउत्तर क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि दुर्गमका स्थानीयमा खुसी छाएको छ ।
भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो ।
सुदूरपश्चिम प्रदेशको आफ्नै विशेष मौलिक पहिचान छ । कला संस्कृति, वेशभूषा, रहनसहन, चाडपर्वमा यो क्षेत्र निकै धनी मानिन्छ । हिमाली ‘ब्यासी–सौका’ समुदायदेखि तराईमा ‘थारू’ (राना–डगौरा) समुदायका साथै मध्यपहाडी क्षेत्रमा बसोबास रहेका सबै समुदायको आफ्नै मौलिक चाडपर्व रहेका छन्, आफ्नै कला संस्कृति छन् ।
थारूले मौसम, समय, चाडपर्व, विवाह, पूजापाठलगायत विभिन्न अवस्थामा खाने अनेक परिकार छन् । दैनिक खानेमा भात, दाल, कपुवा, तरकारी आदि हुन् भने चाडपर्वमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, बरिया रहेका छन् । त्यस्तै माछा, गँगटा, घोँगीको परिकार पनि थारूले ज्यादै मिठो मानेर खाने गर्छन् ।
विसं २०१५ तिरको कुरा हो दार्जिलिङमा आर्ट एकेडेमी खुलिसकेको थियो । त्यतिखेरको दार्जिलिङमा रौनकै अर्कै थियो– इन्द्रबहादुर राई, शिवकुमार राई, अगमसिंह गिरी तथा लख्खीदेवी सुन्दासहरू साहित्यमा नयाँ बाटो खोज्दै थिए भने मनबहादुर मुखिया तथा किरण ठकुरीहरू रङ्गमञ्चमा पाइला नाप्दै थिए ।
ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो ।
लमजुङमा पछिल्ला वर्र्षमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । लमजुङमा चालु वर्र्षको पाँच महिनामा १३६ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो वर्र्ष सरेर आएको र चालु वर्र्षको मुद्दा गरी १३६ जनाले सम्बन्धविच्छेद गरेका लमजुङ अदालतका स्रेस्तेदार रामबन्धु गौतमले बताउनुभयो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते हुनुभएको छ ।
कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ ।