अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन सङ्कट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताउनुभएको छ ।
गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)ले १४ औं स्थापना दिवस मनाएको छ ।
इन्डोनेसियाको सुलावेसी टापुको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित हुनुभएको छ ।
चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबिच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गर्नु भएको छ ।
वन तथा वातावरणमन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु. २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ ।
आन्दोलनरत मर्स्याङ्दी बचाउ सङ्घर्ष समितिले मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीलाई यसअघि आफूले निर्माणस्थलबाट खोसेको तालाचावि फिर्ता गरेको छ ।
गोरखाको शहिद लखन गाउँपालिका–९ स्थित नाम्जुङ–रामभञ्ज्याङ–बुङकोटघाट सडक अन्तर्गतकाे छेलाङगी चोकदेखि वडा कार्यालयको बदेली डाडाँसम्म सडक कालोपत्रे भएको छ ।
नेपाल बैँकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती गर्ने नाममा बैँक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताउनुभएको छ ।
मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागूऔषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपालको पहाडी क्षेत्रमा देखिने परम्परागत कुँडेले घर अब बुटवलको फूलबारीमा देख्न सकिन्छ । आर्कषक देखिने कुँडुले घर गोलाकार, माटोले लेपिएको र खरले छाएर बनाइन्छ ।