प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गर्नुभएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा फागुन २१ गते हुने मतदानमा गण्डकीमा ३४ हजार मतदाता बढेका छन् ।
छिमेकीको सुन लुटेर फरार भएकी पाँचथरको याङवरक गाउँपालिका-५ निवासी ५२ वर्षीय धनमाया सेलिङलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटिए डब्लू ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गर्नु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सोमबार भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएको र सर्वसाधारणले निर्वाचन नै लड्न नसक्ने अवस्था रहेको बताउनु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्कीसमेत किन्न नसकिएको बताउनुभएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले आफ्नो कार्यभार सम्हालेको दुई महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।
रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीलाई विवादमा ल्याउने काम सरकार र अदालतबाट भईरहेको बताउनुभएको छ ।
अनलाइन जागीरमार्फत रकम कमाउन सकिन्छ भन्दै विभिन्न प्रलोभन देखाएर रकम ठग्ने दुई जना पक्राउ परेका छन् । गुल्मी धुर्कोट गाउँपालिका वडा –३ हाडहाडे बस्ने २९ बर्षिया एक महिलाको २६ लाख ९६ हजार ६५२ रुपियाँ ठग्ने बिरगञ्ज उपमहानगरपालिका वडा २१ बस्ने वर्ष २६ को श्रवणकुमार पटेल काठमाडांैंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ ।