राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।
मधेश प्रदेश सभाको प्रशासनिक भवनमा मङ्गलबार प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ ।
नेपाल र बङ्गलादेशबिच मङ्गलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल जेन–जी आन्दोलनका कारण स्थगित भएसँर्गै बङ्गलादेश फुटबल टोली आजै स्वदेश फर्कने भएको छ ।
ललितपुरको भैंसे पार्टीमा रहेको मुख्य मन्त्रीको आवास र संघीय मन्त्री निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
सोमबार देशका विभिन्न स्थानमा जेनजी प्रदर्शनमा मृत्यु भएका १६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिनुभएको छ।
जिल्लाको महेन्द्रनगर बजार, बेलौरी, पुर्नवास, बेलडाँडी र लालझाडी पालिको केन्द्र भित्रका बजार क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति आवतजावत वा भेला वा निषेधित कार्य गरेको पाइए कानुन बमोजिम कार्वाहि गरिने प्रशासनले जनाएको छ ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ ।
धनगढीमा मङ्गलबार दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेको छ ।
जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडी जलाई दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्यास चलाएको छ ।
थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ ।