उहाँले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक सम्पत्तीको रक्षा गर्नु हरेक नेपालीको दायित्व भएको स्मरण गराउनुभएको छ।
नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
ताप्लेजुङमा मङ्गलबार ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनमा राजनीतिक दलमा आवद्ध युवा सहभागी भएका छन्। नेकपा (एमाले) र नेपाली कांग्रेस निकट युवा सङ्गठनमा आवद्ध युवा नै प्रदर्शनमा सहभागी भएका हुन्।
आन्दोलनकारीहरुले बागमती प्रदेशको चारवटा मन्त्रालयमा आगजनी गरेका छन् ।
काठमाडौं जिल्लाको तारेकश्वर नगरपालिका वडा नं. ४ मा रहेको तारेकेश्वर सिट हस्पिटलमा आन्दोलनका क्रममा घाइते भई उपचारमा आएका १५ मध्ये एकजनाको निधन भएको छ ।
जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा रहेका जेनजीलाई संयमित हुन आग्रह गर्नुभएको छ ।
प्रदर्शनकारीले प्रहरी प्रभाग लुभुमा आगजनी गरेका छन् । प्रदर्शनकारी कार्यालयमा प्रवेश गरेपछि प्रहरी भने ज्यान बचाउन सुरक्षित स्थानतर्फ गएका छन् ।
प्रदर्शनकारीले प्रहरी वृत्त गौशालामा आगजनी गरेका छन् । प्रदर्शनकारी कार्यालयमा प्रवेश गरेपछि प्रहरी भने ज्यान बचाउन सुरक्षित स्थानतर्फ गएका छन् ।
हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख प्रकट गर्नुभएको छ । घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
बाँके जिल्लाको सदरमुकाम नेपालगन्जसहित कोहलपुर र खजुरा लगायतका विभिन्न बजारहरुमा मंगलबार बिहानैदेखि जेनजीको समर्थनमा प्रदर्शन भइरहेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानील कण्ठस्थित निजी निवासमा आगजनी गरिएको छ । उत्तेजित प्रदर्शनकारी सभापति देउवाको निवास भित्र छिरेर जागजनी गरेको जानकारी प्रहरीले दिएको छ ।