गृह मन्त्रालयमा सरुवा भएर आउनुभएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार पदभार ग्रहण गर्नुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आउनु भएका गृह सचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई जानुभएका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गर्नुभएको कार्यप्रति धन्यवाद दिंदै बिदाइ गर्नुभएको थियो।
महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ ।
धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो ।
दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४:०० बजेअघि नै आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् ।
थाइल्यान्डको सेनाले सोमबार कम्बोडियामाथि नयाँ हस्ताक्षर गरिएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ ।
इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय विद्युत क्षेत्रमा करिब ८० मेगावाट विद्युत आपूर्ति गर्न सक्षम हुने छ भने जडित सौर्य प्यानलको क्षमता १५० मेगावाट रहेको छ ।
म्याग्दीको बेनी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट योगदान गर्ने कर्मचारी, नागरिक र संस्थालाई सम्मान गरेको छ ।
सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गर्नुभएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा फागुन २१ गते हुने मतदानमा गण्डकीमा ३४ हजार मतदाता बढेका छन् ।
छिमेकीको सुन लुटेर फरार भएकी पाँचथरको याङवरक गाउँपालिका-५ निवासी ५२ वर्षीय धनमाया सेलिङलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटिए डब्लू ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गर्नु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सोमबार भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएको र सर्वसाधारणले निर्वाचन नै लड्न नसक्ने अवस्था रहेको बताउनु भएको छ ।